Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सोमबार चार सय वर्षमा पहिलोपटक बृहस्पति र शनि ग्रह एकदमै नजिक

सोमबार चार सय वर्षमा पहिलोपटक बृहस्पति र शनि ग्रह एकदमै नजिक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष ७, २०७७ मंगलवार • १०:२२:५४ बजे
  • 1.5K
    SHARES
  • सोमबार चार सय वर्षमा पहिलोपटक बृहस्पति र शनि ग्रह एकदमै नजिक
    सोमबार चार सय वर्षमा पहिलोपटक बृहस्पति र शनि ग्रह एकदमै नजिक आएका छन्। नजिक आएका उनीहरूबिचको दूरी ०।१ डिग्री रह्‍यो। 

    वैज्ञानिकहरूका अनुसार उनीहरू नाङ्गो आँखाको साथमा दूरविन र टेलिस्कोपबाट हेर्न सकिने गरी नजिक भएका छन्।

    यो खगोलिय घटना सन् १६२३, १७ जुलाई पछि पहिलोपटक  देखिएको हो।

    अब यो दृश्य सन् २०८० को मार्च १५ मा मात्र देख्न सकिनेछ।

    अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार सौरमण्डलका दुई ठूला ग्रह नजिक आउनु दुर्लभ भने होइन।

    त्यसो त बृहरस्पति हरेक २० वर्षमा आफ्नो छिमेकी ग्रह शनिको नजिकबाट जाने गर्छ तर यति नजिक आउनुचाँहि विशेष हो।

    ०।१ डिग्री निकट भएपनि उनीहरूबिचको दूरी करोडौ किलोमिटरको हुन्छ।

    यसको सबैभन्दा राम्रो दृश्य सोमबार राति ब्रिटेनको उत्तरी हिस्साबाट देखिएको थियो। त्यहाँ मौसम सफा भएकाले यो अवसर जुट्न गएको हो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology