Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाभाइरस विरुद्धको खोप स्पुटनीक भी प्रयोग गर्ने देशमा बेलारुस दोस्रो

कोरोनाभाइरस विरुद्धको खोप स्पुटनीक भी प्रयोग गर्ने देशमा बेलारुस दोस्रो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १४, २०७७ मंगलवार • १९:२१:४९ बजे
  • 1.5K
    SHARES
  • कोरोनाभाइरस विरुद्धको खोप स्पुटनीक भी प्रयोग गर्ने देशमा बेलारुस दोस्रो
    रसियामा निर्मित कोरोनाभाइरस विरुद्धको खोप स्पुटनीक भी प्रयोग गर्ने देशमा बेलारुस दोस्रो बनेको छ ।   यो खोपको विकास पनि रुसमा नै एक सरकारी निकायले गरेको थियो । स्पुटनीक भी खोप उत्पादन गर्ने निकायको आधिकारिक सामाजिक सञ्जालमा लेखिएको छ, “यो खोप प्रयोग गर्ने देशहरुको सूचीमा बेलारुस दोस्रो भएको छ, बेलारुसमा आम नागरिकलाई पनि यो खोप लगाउन थालिएको छ ।”

    सो निकायले आफ्नो खोप विश्वसनीय र प्रभावकारी भएको, तर शरीरमा कुनै प्रतिकूल प्रभाव नपर्ने दाबी पनि गरेको छ ।स्पुटनीक भी खोप लगाएकाहरुलाई लाभ नै भएको र धेरैले राहत महसुस गरेको सो निकायले सामाजिक सञ्जालमा लेखेको छ ।

    रुसका स्वास्थ्य मन्त्री दिमित्री पिनेभिचले कोरोनाविरुद्धको खोप प्रयोग गर्ने अवसरलाई बेलारुसले राम्रोसँग प्रयोग गरेको बताउनुभयो ।बेलारुसमा सोमबार एक दिन मात्रै एक हजार ८१४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने अहिलेसम्म एक लाख ८८ हजार ५८८ जना सङ्क्रमित भएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology