एजेन्सी । संसारभर अहिलेसम्म कोरोना भाइरसको सुरुवातको विन्दुको खोजी तिब्र गतिमा भइरहेको छ । अहिलेसम्म चीनको वुहानबाट कोरोना संक्रमण भएको मानिएको छ । तर, चिनियाँ वरिष्ठ वैज्ञानिकहरुको अध्ययनले चीनमा भन्दा युरोपका विभिन्न देशमा कोरोना भाइरसको संक्रमण पहिल्यै भएको पुष्टि भएको छ । फ्रान्स, इटली, स्पेनलगायतका देशका ढलको पानीमा वुहानमा भन्दा महिनौँ पहिले नै कोरोना भाइरसको संक्रमण पाइएको छ ।