Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तातोपानीको बाफ लिँदा ध्यान दिनुपर्ने कुराहरु

तातोपानीको बाफ लिँदा ध्यान दिनुपर्ने कुराहरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७७ सोमवार • १२:३०:०७ बजे
  • 7.2K
    SHARES
  • तातोपानीको बाफ लिँदा ध्यान दिनुपर्ने कुराहरु

    जुनसुकै मौसममा रुघाखोकीले मानिसलाई सताउने गर्छ । तर, चिसो मौसममा भने  धेरैलाई रुघा, खोकी, ज्वरो तथा फ्लुजस्ता रोगले सताउन थाल्छ । यस्ता बिमारीको उपचार गर्ने धेरै घरेलु विधि छन् । त्यसमध्ये परम्परागत रुपमा चलेको तातो पानीको बाफ लिनु पनि हो । तातोपनीबाट बाफ लिने एक सरल तथा चाँडै राहत प्राप्त गर्ने उपयुक्त उपचार विधि हो । तर, केहीलाई बाफ लिने सही तरिका थाहा नहुन सक्छ ।

    images

    बाफ लिने सुरक्षित तरिका

    एउटा ठिक्कको भाँडामा भर्खर उम्लेको पानी र त्यसमा कुनै हर्बल या आवश्यकता अनुसार पुदिनाको पात पनि राख्न सकिन्छ । टाउकोलाई बाक्लो तौलियाले ढाक्ने र तातोपानी हालेको भाँडाभन्दा करिब ३० सेन्टिमिटरको दूरीमा बस्ने । तर ख्याल राख्नुपर्छ, पानी राखेको भाँडा र टाउको पूर्णतः तौलियाले छोपिएको हुनुपर्छ । एक या दुई मिनेटसम्म नाकले मात्र श्वास लिनुपर्छ । त्यसपछि केही समय ब्रेक लिने र पुनः यही प्रक्रिया दोहो-याउने ।
     

    बाफ कसरी काम गर्छ ?

    बाफ लिँदा नाक तथा घाँटी हुँदै फोक्सोसम्म तातो हावा पुग्छ । जसले निकै राहत अनुभव गर्न सकिन्छ । तातो पानीको बाफ लिनु एउटा चिकित्सकीय उपचार विधि पनि हो । तातो पानीको बाफले बन्द नाक खुलाउन मद्दत गर्छ । यसले श्वास फेर्न गाह्रो हुने समस्यालाई तत्काल समाधान गर्छ । तातो बाफ लिनाले शरीरको तापक्रम बृद्धि हुन्छ र रक्तधमनीको पनि विस्तार हुन्छ । जसले गर्दा ब्लड सर्कुलेसनमा सुधार हुनुका साथै अनुहारको छिद्राहरु खुल्न थाल्छन् । सोही कारण बाफ लिएपछि मुहारको चमकमा धेरै परिवर्तन आउन सक्छ । यति मात्र होइन, शरीरको तापक्रम बढ्दा इम्युनिटी पनि बढ्न थाल्छ । यसले व्याक्टेरिया तथा किटाणुसँग लड्ने क्षमता बृद्धि गर्ने डब्लुबिसीको उत्पादन पनि बढाउँछ ।

    तातोपानीको बाफ लिँदा ध्यान दिनुपर्ने कुराहरु :

    १. तातोपानीको बाफ लिँदै गर्दा केही असुविधा या जलनको अनुभव भएमा तरुन्तै तौलिया हटाउनुपर्छ ।

    २. बच्चा, गर्भवती महिला या अस्वस्थ रोगीहरुले तातो पानीको बाफ लिने समयमा निकै नै सावधानी अपनाउनुपर्छ ।

    ३. अनुहारमा सुन्दरता प्राप्त गर्न चाहनेले पनि तातो पानीको बाफ लिन सक्छन् ।

  • सम्बन्धित विषय:

  • # तातोपानी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology