Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टर्कीमा WhatsApp बहिस्कार

टर्कीमा WhatsApp बहिस्कार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७७ सोमवार • १९:०३:०४ बजे
  • 1.4K
    SHARES
  • टर्कीमा WhatsApp बहिस्कार

    एजेन्सी । फेसबुकको स्वामित्वमा रहेको म्यासेन्जिङ्ग एप WhatsApp को नयाँ गोपनीयता सम्बन्धी नीतिप्रति धेरै नै विवाद हुन थालेको छ । टर्कीको राष्ट्रपति रेचेप तैय्यप एर्दोआनको मिडिया विभागले पनि WhatsApp को नयाँ यस नीति पश्चात यस एपलाई नै बहिस्कार गर्ने निर्णय गरेको हो ।

    images

    अलजजिरा न्यूज च्यानलको रिपोर्टका अनुसार राष्ट्रपति कार्यालयका अधिकारीहरुले आइतवार WhatsApp बाटै सम्प्रेशित जानकारीमा यस्तो सूचना दिइएको हो । सोमबारबाट पत्रकारहरुलाई टर्की कम्युनिकेशन कम्पनी तुर्कसेलको म्यासेन्जर एप BiP मार्फत सूचना दिइने छ ।

    WhatsApp ले यही साता आफ्नो प्राइभेसी पोलिसीमा फेरबदलको जानकारी दिएको थियो । WhatsApp ले नयाँ सर्तहरु मार्फत युजर्सको डाटा, फेसबुक र उसका अन्य एपहरु जस्तै इन्स्टाग्राम/म्यासेन्जरमा पनि शेयर गर्न सकिन्छ ।

    यसमार्फत युजर कन्ट्याक्ट र प्रोफाइलमा रहेका डाटाका जानकारी पनि शेयर हुने जनाएको छ । यद्दपि म्यासेजेसको कन्टेन्ट अझै एनक्रिप्टेड नै हुनेछ । WhatsApp युजर्सलाई ८ फेब्रुवरीको मिति भन्दा नयाँ प्राइभेसी पोलिसी एक्सेप्ट गर्नुपर्ने हुन्छ ।

    अहिले टर्कीमा ट्वीटरमा ह्यास्ट्याग #DeletingWhatsapp ट्रेन्ड हुन थालेको छ । टर्कीको सरकारी मिडियाका अनुसार टर्की कम्पनीको एप BiP २४ घण्टामा नै १० लाग युजर्स भइसकेका छन् । BiP का संसारभर कूल ५.३ करोड युजर्स रहेको बताइएको छ ।

    नोभेम्बर महिनामा टर्कीले फेसबुक ट्वीटर र इन्स्ट्राग्राममा सामाजिक मिडिया सम्बन्धी बनाइएको कानूनको उलङ्घन गरेमा ठूलो मात्रा जरिवाना बुझाउनु पर्ने नियम लगाइएको थियो ।

  • सम्बन्धित विषय:

  • # बहिस्कार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology