Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कक्षा १२ को परीक्षाको नतिजा अर्को साता सार्वजनिक गरिने

कक्षा १२ को परीक्षाको नतिजा अर्को साता सार्वजनिक गरिने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २, २०७७ शुक्रवार • ११:४६:५२ बजे
  • 2.2K
    SHARES
  • कक्षा १२ को परीक्षाको नतिजा अर्को साता सार्वजनिक गरिने
    कक्षा १२ को परीक्षाको नतिजा अर्को साता सार्वजनिक गरिने भएको छ । यस वर्ष नतिजा प्रकाशनमा ढिलाइ भए पनि अबको १० दिनभित्र सार्वजनिक गर्ने तयारी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

    बिहीबार शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले अबको १० दिनभित्रै कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताए । विद्यार्थीको नम्बर इन्ट्रीको काम सकिएको र अहिले रुजु चलिरहेको उनले बताए । ‘अहिलेसम्म ४० प्रतिशत रुजुको काम पनि सकिएको छ,’ अध्यक्ष प्रा।डा। पौडेलले भने । 

    केही विद्यालयले ‘माक्स फाइल’ व्यवस्थित नबनाएको, उत्तरपुस्तिका क्रमशः नराखेको, एउटा विषयको उत्तरपुस्तिका अर्को विषयमा राखेर पठाएकोलगायत कारण नतिजामा ढिलाइ भएको बोर्डले जनाएको छ । यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । कतिपय विद्यालयका शिक्षकले पूर्णांकभन्दा बढी नम्बर दिएका छन् भने आन्तरिक मूल्यांकनमा समेत तोकिएभन्दा बढी नम्बर पठाएका छन् । 

  • सम्बन्धित विषय:

  • # कक्षा १२ को परीक्षा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology