Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सास फेर्ने दर कम भएकामा कोभिडको सङ्क्रमण हुने सम्भावना बढी

सास फेर्ने दर कम भएकामा कोभिडको सङ्क्रमण हुने सम्भावना बढी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७७ शनिवार • १९:५६:५९ बजे
  • 2.6K
    SHARES
  • सास फेर्ने दर कम भएकामा कोभिडको सङ्क्रमण हुने सम्भावना बढी

    सासलाई रोक्दा वा सास फेर्ने दर कम भएकामा कोभिडको सङ्क्रमण हुने सम्भावना बढी देखिएको छ । भारतीय टेक्नोलोजी मद्रासमा अनुसन्धानकर्ताद्वारा गरिएको एउटा नयाँ अध्ययनले पत्ता लगाएअनुसार सासलाई रोक्ने गर्दा वा कम सास फेर्नेहरूमा कोभिडको सङ्क्रमण तथा हावा मार्फत् फैलिने अन्य भाइरसबाट सङ्क्रमण हुने सम्भावना बढ्न सक्छ ।

    images

    एक वयस्कको लागि सामान्य सास फेर्ने दर प्रतिमिनेट १२ देखि १६ पटकको बीचमा रहेको हुन्छ । केही व्यक्तिमा जैविक कारक वा योगिक वा खेलकुद अभ्यासअन्तर्गत गरिएको प्रशिक्षणका कारण सास फेर्ने दर कम हुन्छ ।

    सार्स–कोभ–२ जस्ता हावाबाट हुने सङ्क्रमण सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यूँ गरेपछि निस्कने साना थुकका थोपाबाट सजिलैसँग फैलिन्छ । मद्रास अनुसन्धान टोलीले साना केशिकामा रहेको थोप्लोको चालको अध्ययन गरेका थिए ।

    अध्ययनको क्रममा सास फेर्ने आवृत्ति कम हुँदै भाइरसले भरिएका थोपा गहिरो रूपमा फोक्सोमा पुग्ने देखिएको थियो । कम सास फेर्दा भाइरस फोक्सोमा बस्ने समय बढ्छ, जसकारण सङ्क्रमणको सम्भावना बढेर जान्छ ।

    फिजिक्स अफ फ्लुइड्समा प्रकाशित भएको अध्ययनमा कोभिडको कारण गहन पल्मोनोलजिकल प्रणालीगत रोगको बारेमा भएको बुझाइलाई थप बढाएको उल्लेख गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology