Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यसरी सेक्स गर्दा गर्भ रहँदैन

यसरी सेक्स गर्दा गर्भ रहँदैन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ६, २०७७ मंगलवार • १६:३१:०५ बजे
  • 4.5K
    SHARES
  • यसरी सेक्स गर्दा गर्भ रहँदैन

    एजेन्सी : मानिसका लागि शारीरिक सम्बन्ध अनिवार्य आवश्यकता हो । महिला र पुरुषमा यो विषय भिन्न भिन्नरुपमा व्याख्या गर्ने गरिन्छ । महिलाको तुलनामा पुरुषहरु नै यौनमा धेरै सक्रिय हुन्छन् ।

    images

    धेरै महिलाले यौन क्रियाकलापको समयमा पुरुषलाई सहयोग गर्छन् । सुरुवाती शारीरिक सम्बन्ध कसरी राख्ने भन्ने विषयमा विभिन्न धारणा पाइन्छ । आफ्नो पार्टनर साथीलाई केही उत्तेजित सन्देशहरू पठाउने, बिस्तारै बिस्तारै

    कुराकानी अघि बढ्न थालेपछि दुवै एक अर्काको नजिक आउनु पर्छ ।यौनसँग सम्बन्धित अन्य कुराकानीलाई प्राथमिकतामा राखेर छलफल गर्ने,

    उत्तेजनाको वातावरण तयार भएपछिमात्रै बिस्तारै यौन क्रियामा अघि बढ्दा यौनको आनन्द दुई गुणा बढी हुने यौन रोग विज्ञहरुले बताएका छन् ।

    यौन सम्पर्कको लागि ३ देखि १३ मिनेटको समय उपयुक्त मान्ने गरिन्छ । केहीले भने लामो समयसम्म पनि यौनलाई निरन्तरता दिने गरेका छन् ।

    यसरी सेक्स गर्दा गर्भ रहँदैन !

    कतिपयलाई सेक्स गर्दा गर्भ रहने पीर हुन्छ । यस्तै पीरले महिलाले चाहेर पनि सेक्स गर्न चाहँदैनन् भने पुरुष बलात्कारका घटनामा फस्ने समेत गरेका छन् ।

    तर, कतिपय सन्दर्भमा भने सामान्य कुराहरुमा ध्यान दिँदा गर्भ नरहने तथ्यहरु पाइएको छ ।  कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन ।

    यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् ।

    त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ ।  तपाईंलाई थाहै होला, महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ ।

    डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको हुनु आवश्यक छ । बुझ्नुपर्ने महत्वपूर्ण कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ ।

    यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ ।

    डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।

    सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ ।

    सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।  सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ ।

    सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ, अर्थात् छैटौं

    दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ । ३१, ११, २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ ।

    यौन रोग र एचआईभीको संक्रमणबाट बच्न कन्डमको नियमित तथा सही प्रयोग अनिवार्य छ । सुरक्षित कालबाहेक अरू समयमा यौनसम्पर्क नै गर्नु हुँदैन वा कन्डमजस्ता साधन प्रयोग गर्नुपर्छ ।

    कतै यस्ता मान्यताहरु पनि छन

    – सेक्स गरेपछि साबुनपानीले योनी राम्रोसंग पखालेमा गर्भ रहँदैन । – सेक्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन । – सेक्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन ।

    – एस्पिरिनले गर्भाधारण रोक्छ ।  – महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन ।  – महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरे पनि गर्भ रहँदैन ।

  • सम्बन्धित विषय:

  • # शारीरिक सम्बन्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology