Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पब्जीका लागि एक किशोरले २५ लाख रुपैयाँ खर्च गरे,पछि ग्यारेजमा काम गर्न बाध्य

पब्जीका लागि एक किशोरले २५ लाख रुपैयाँ खर्च गरे,पछि ग्यारेजमा काम गर्न बाध्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०७७ आइतवार • २१:२३:३२ बजे
  • 901
    SHARES
  • पब्जीका लागि एक किशोरले  २५ लाख रुपैयाँ खर्च गरे,पछि ग्यारेजमा काम गर्न बाध्य

    भारतमा एक १७ वर्षका किशोरले पब्जीका लागि आफ्नो पिताको बैंक अकाउन्टबाट १६ लाख भारतीय रुपियाँ ‘२५ लाख ५८ हजार रुपैयाँ’ खर्च गरेका छन्।पन्जाबका किशोरले पिताको बैंक अकाउन्बाट पैसा चलाउन अगाडि आमाको साथमा रहेको २ लाख नगद चोरेर पब्जीमै खर्च गरेका थिए।

    images

    जब किशोरका पिता र आमाले पब्जीका लागि लाखौं खर्च गरेको थाहा पाए उनीहरु छोरासँग रुष्ट बने।किशोरले आफ्नो पिताको मोबाइलबाट अनलाइन कक्षा लिने भनेर पब्जी खेल्थे। त्यहाँ रोयल पास, युसी तथा गेम अपडेट गराउन बैंकिङ प्रणालीबाट किशोरले पिताको पैसा खर्च गर्दथे।

    भारतीय संचार माध्यमका अनुसार यतिबेला ती किशोरलाई ग्यारेजमा काम गर्न बाध्य पारिएको छ।उनका पिताले द ट्रिब्युनसँग छोराले पैसाको महत्व बुझोस् भनेर काम गर्न लगाएको प्रतिक्रिया दिएका छन्।अनलाइन गेम पब्जीका कारण बालबालिकाहरु बिग्रिएको भनेर भारतमा बारम्बार आवज उठ्दै आएको छ। केहीले यस गेमलाई प्रतिबन्ध नै लगाउनुपर्ने बताएका छन्। एजेन्सी

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology