Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नियमित यौन सम्पर्कले यी रोगहरुबाट जोगाउँछ

नियमित यौन सम्पर्कले यी रोगहरुबाट जोगाउँछ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १५, २०७७ बिहिवार • १६:१५:५६ बजे
  • 2.8K
    SHARES
  • नियमित यौन सम्पर्कले यी रोगहरुबाट जोगाउँछ

    एजेन्सी / हाम्रो समाजमा यौनका कुरा गर्न त्यति सहज छैन । र पनि यो धुर्व सत्यनै भन्नु पर्छ यौन सवै मानिसको लागि प्राय आवश्यक छ ।

    images

    मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर धेरैलाई थाहा नहुन सक्छ यौन सम्पर्क गर्दा विभिन्न रोगबाट समेत मुक्ति पाइन्छ अर्थात् फाइदा हुन्छ ।

    आफ्नो आवश्यकता अनुसार नियमित वा हप्तामा २–३ पटक सेक्स गर्दा विभिन्न रोगहरुका लागि फाइदाजनक हुने बिभिन्न अनुसन्धानहरुले देखाएका छन् । हामीले यस बिषयमा छोटकरीमा चर्चा गरेका छौं ।

    टाउको दुख्नेः नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम सेक्स गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको थियो । 

     ब्लड प्रेशरः यसैगरी उच्च रक्तचापका विरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ ।

    प्रोस्टेट क्यान्सरः नियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको दाबी छ ।

    हृदयघातबाट कम खतराः नियमित सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका संतुलन बनि राख्ने हुँदा हृदयघातको कम हुने चिकित्सकहरु बताउँछन् ।

    मोटोपनः मोटोपनको समस्यामा परेकाहरुलाई पनि नियमित सेक्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ । 

  • सम्बन्धित विषय:

  • # यौन सम्पर्क
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology