Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

खोप परीक्षण : नोभाभ्याक्सको खोप ८९ प्रतिशत प्रभावकारी

खोप परीक्षण : नोभाभ्याक्सको खोप ८९ प्रतिशत प्रभावकारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १६, २०७७ शुक्रवार • १०:२५:५९ बजे
  • 1.6K
    SHARES
  • खोप परीक्षण :  नोभाभ्याक्सको खोप ८९ प्रतिशत प्रभावकारी

    एजेन्सी । अमेरिकी वायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सले विकास गरेको कोरोनाविरुद्धको खोपले ८९ प्रतिशत सुरक्षा दिने देखाएको छ।

    images

    परीक्षणका क्रममा रहेको कोरोनाविरुद्धको खोपले ८९ प्रतिशत सुरक्षा दिने नोभाभ्याक्सले दावी गरेको हो ।ब्रिटेनमा १५ हजार जनामा गरिएको परीक्षणमा यस्तो नतिजा देखिएको कम्पनीले जनाएको छ।परीक्षणमा सहभागी एक चौथाईभन्दा धेरै मानिसहरू ६५ वर्ष उमेर माथिका थिए।

    यूकेबाट सुरु भएको पाइएको निकै उच्च सङ्क्रमणदरको भाइरसको नयाँ प्रकार फैलिरहंदा यस्तो परीक्षण भएको हो। यो खोपले नयाँ स्वरुपमा आएको भाइरसबाट समेत सुरक्षित राख्ने कंपनीले बताएको छ।

    युकेको तुलनामा दक्षिण अफ्रिकामा पनि पाइएको कोरोना भाइरसको नयाँ स्वरुप अझै केही बढ्ता सङ्क्रामक र भिन्न रहेको छ।

    यूकेका प्रधानमन्त्रीबोरिस जनसनले यसलाई सुखद् समाचार भन्दै स्वागत गरेका छन्।
    उनले अब त्यसलाई आफ्नो देशको स्वास्थ्य नियामकले जाँच्ने बताएका छन्।

    यूकेले आफ्नै देशको स्टकटन–अन–टिज शहरमा उत्पादन गरिने यो खोपको ६ करोड मात्रा सुनिश्चित गरिसकेको छ।

    नियामक निकायबाट प्रयोगका लागि बाटो खोलिएका हकमा खोपका ती डोजहरू सन् २०२१ को दोस्रो अर्धवार्षिक अवधिमा उपलब्ध हुने अपेक्षा गरिएको छ।

    अक्सफर्ड विश्वविद्यालयले विकास गरेको खोपपछि नोभाभ्याक्स यूकेमा ठूलो मात्रामा परीक्षण गरिएको दोस्रो खोप हो।

    तेस्रो चरणको परीक्षणका बेला सहभागिमा यो कोभिड–१९ बाट जोगाउनका लागि ८९.३ प्रतिसत प्रभावकारी देखिएको थियो।

    १८ देखि ८४ बर्ष उमेर समूहका सहभागि १५ हजार जनामध्ये २७ प्रतिसत ६५ वर्षभन्दा बढी उमेर समूहका रहेको नोभाभ्याक्सले जनाएको छ।

    यूके सरकारको खोप कार्यदलका अध्यक्ष क्लाइभ डिक्सले उक्त नतिजालाई सानदार बताएका छन्।

    ब्रिटिश स्वास्थ्यमन्त्री म्याट ह्यानककले यदि खोप स्विकृत भएमा राष्ट्रिय स्वास्थ्य सेवा एनएचएस त्यसलाई वितरण गर्न तयारी अवस्थामा रहेको बताएका छन्।

    यसअघि आएका फाइजर र मोडेर्नाको खोपभन्दा फरक नोभाभ्याक्स नियमित फ्रिजको तापक्रममा भण्डारण गर्न सकिने बिबिसीले जनाएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology