Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निन्द्रा नलाग्ने समस्या भएमा के गर्ने ?

निन्द्रा नलाग्ने समस्या भएमा के गर्ने ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०७७ सोमवार • १६:५४:५० बजे
  • 1.9K
    SHARES
  • निन्द्रा नलाग्ने समस्या भएमा के गर्ने ?

    एजेन्सी – पछिल्ल्लो समय कामको चाप र विभिन्न प्रकारका तनावका कारण थुप्रै मानिसहरुमा रातमा निन्द्रा नलाग्ने समस्या भएको पाइन्छ । स्वास्थ्यका दृष्टिकोणले ६ देखि ८ घण्टाभन्दा कम सुत्ने व्यक्तिहरुमा विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु पैदा हुने गर्छ । कम निन्द्राका कारण रोगप्रतिरोधात्मक क्षमतामा कमि आउने, पाचन प्रक्रिया गडबढ हुने, मुटुसम्बन्धी रोग लाग्ने, डिप्रेशन, तौल बढ्ने जस्ता समस्याहरु हुने गर्छन् । 

    images

    त्यसैले, निन्द्रा नलाग्ने समस्याबाट कसरी छुटकारा पाउने ? 

    दैनिक व्यायाम
    धेरैवटा अनुसन्धानले दैनिक व्यायाम गर्नुपर्ने सुझाव दिएको छ । दैनिक व्यायामले मिठो निन्द्रा दिलाउँछ भने निन्द्राको राम्रो रुटिन पनि बनाउन मद्दत गर्छ । 

    साँझमा नसुत्ने

    दिनभर काम गरेर थाकेपछि धेरैजसोले साँझमा ‘पावर न्याप’ लिने गर्दछन् । तर यसो गर्दा रातको निन्द्रालाई असर गर्छ । 

    दिउँसो नसुत्ने
    दिनको समयमा १० देखि १५ मिनेट न्याप लिनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले थप उर्जा प्रदान गर्छ । तर दिनभर सुत्ने गरेमा रातमा निन्द्रा पर्दैन । 

    हेभी डिनर
    छिटो तर थोरै खाना खाने बानी बसाल्नुपर्छ । रातमा मिठो निन्द्राको लागि रातिको खाना छिट्टै खानुपर्छ । साथै रातिको खाना कम खाने गर्नुपर्छ । रातमा धेरै खाँदा एसिडिटी, पेट फुल्ने र अन्य समस्याहरु हुने गर्छ र रातको निन्द्रा खटपट हुनसक्छ ।

    म्याग्नेसियमयुक्त खाना
    एक अनुसन्धानका अनुसार मिठो निन्द्राको लागि म्याग्नेसियमयुक्त खाना खाने गर्नुपर्छ । त्यसको लागि सागपात, फर्सीको बियाँ, बदाम र सूर्यमुखी फूलको दाना जस्ता खानेकुरा रातिको खानामा सामेल गर्नुपर्छ ।

    ग्याजेट्सबाट टाढा रहनुहोस् 
    ग्याजेट्सबाट निस्किने ब्लू लाइटले मेलाटोनिन नामक हर्मोन उत्पादन गर्ने गर्छ जसले निन्द्रा नआउने समस्या हुनसक्छ । त्यसैले सुत्नुभन्दा दुई घण्टा अगाडि मोबाइल, ल्यापटप, कम्प्युटर जस्ता सामानहरुको प्रयोग गर्नुहुँदैन । 

     

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology