Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यूएईको यान मङ्गल ग्रहको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश

यूएईको यान मङ्गल ग्रहको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २८, २०७७ बुधवार • १३:४०:१३ बजे
  • 1.6K
    SHARES
  • यूएईको यान मङ्गल ग्रहको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश

    एजेन्सी । मङ्गल ग्रहमा यान पठाउने संयुक्त अरब एमिरेट्स यूएईको अभियान सफल भएको छ ।पृथ्वीबाट झण्डै ५० करोड किलोमिटर यात्रा गरेको यूएईको यान अन्ततः मङ्गल ग्रहको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गरेको बीबीसीले जनाएको छ ।

    images


    होप अर्थात विश्वास नामक अभियान अन्तर्गत यानले मङ्गल ग्रहको मौसमको प्रवृत्तिबारे विवरणहरू संकलन गर्ने अनुसन्धानकर्ताहरुले बताएका छन् ।


    यो अभियानको उपग्रह जापानबाट छोडिएको थियो । उपग्रहलाई तनेगासिमा अन्तरिक्ष केन्द्रबाट एच–२–ए नामक रकेटको माध्यमबाट अन्तरिक्षमा पठाइएको थियो ।यो अभियान सफल भएसँगै यूएई मंगल ग्रहमा यान पठाउने विश्वकै पाँचौं देश र पहिलो अरबीयन देश बन्न पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # यूएई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology