Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बलात्कार पछी हत्या : असुरक्षित महसुस गरिरहेको भन्दै वेनी स्थित छात्राहरुले प्रधानमन्त्रीलाई पठाए ध्यानाकर्षण पत्र

बलात्कार पछी हत्या : असुरक्षित महसुस गरिरहेको भन्दै वेनी स्थित छात्राहरुले प्रधानमन्त्रीलाई पठाए ध्यानाकर्षण पत्र

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ३०, २०७७ शुक्रवार • ०८:२२:०४ बजे
  • 2.5K
    SHARES
  • बलात्कार पछी हत्या : असुरक्षित महसुस गरिरहेको भन्दै  वेनी स्थित छात्राहरुले प्रधानमन्त्रीलाई  पठाए ध्यानाकर्षण पत्र

    भागरथी भट्टराइको बलात्कार पछी हत्या गर्नेको पहिचान र कारवाही हुन नसक्दा आफुहरुले पनि असुरक्षित महसुस गरेको भन्दै म्याग्दी वेनी स्थित लिटल गार्डेन एकेडेमीका छात्राहरुले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका छन ।

    images

    तीन वर्षसम्म निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नको पहिचान हुन नसकेको अवस्थामा भागरथीको पनि सोही नियति दोहोरिएको उनीहरूको भनाइ छ । दोषीको पहिचान र कारबाहीको माग गर्दै छात्राहरूले बालिका, किशोरी र नारीको अस्मिता रक्षा एवं जीवन रक्षाको प्रत्याभूति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

    प्रमुख जिल्ला अधिकारी उमानाथ अधिकारीमार्फत प्रधानमन्त्री केपी ओलीलाई बिहीबार पठाइएको पत्रमा उनीहरूले एकपछि अर्को बलात्कारहत्या भइरहने र दोषी पहिचान नहुने हुँदा आफ्नै घर, आँगन, टोलमा समेत हिँड्न डर लाग्ने गरेको उल्लेख गरेका छन् । स्कुलमा नियमित कक्षाबाहेक कोचिङ कक्षा लिन, किनमेल गर्न घरबाहिर निस्कँदा पनि डर लाग्न थालेको एकेडेमीकी छात्रा एलिसा खड्काले बताइन् ।

    पाइला पाइलामा असुरक्षित महसुस भएको छ । स्कुलमै पनि एक्लै शौचालय जान डर लाग्ने भयो, उनले भनिन् । राजनीतिक दलका महिलासम्बद्ध संस्था र अधिकारकर्मीले पनि हत्याका दोषीको पहिचान गरी निष्पक्ष छानबिन र कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology