निजी विद्यालयहरुले सञ्चालन गर्दै आएको अनलाइन कक्षा साउन १ गतेदेखि बन्द गर्ने भएका छन्।निजी स्कुल सञ्चालकहरुको संगठन प्याब्सन, एनप्याब्सनले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै बिहीबारदेखि अनलाइन र दूरशिक्षामार्फत हुँदै आएको पठनपाठन रोक्ने बताएका छन्।
प्याब्सन र एनप्याब्सलले साउन १ गतेदेखि नै लागु हुनेगरि विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई बेतलबी बिदा दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
प्याब्सन र एनप्याब्सलले आफूहरुले राखेका माग पूरा गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गम्भीर नबनेको आरोप लगाउँदै अनलाई कक्षा बन्द गर्ने निर्णय गरेको बताएका छन्।कोरोनाको महामारी रोकथामका लागि २०७६ साल चैत ११ गतेदेखि मुलुकभर जारी लकडाउनको कारणले शिक्षण संस्थाहरु लगातार पूर्णरुपमा बन्द रहेका छन्।