Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाविरुद्धको खोप अन्तिम चरणमा एकहप्ताभित्रै घोषणाको तयारीमा : बेलायत

कोरोनाविरुद्धको खोप अन्तिम चरणमा एकहप्ताभित्रै घोषणाको तयारीमा : बेलायत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १, २०७७ बिहिवार • ०८:२१:१९ बजे
  • 1.8K
    SHARES
  • कोरोनाविरुद्धको खोप अन्तिम चरणमा  एकहप्ताभित्रै घोषणाको तयारीमा : बेलायत

    एजेन्सी । कोरोना भाइरसविरुद्ध बेलायतले निर्माण गरेको खोप सर्वसाधारणको प्रयोगका लागि अन्तिम चरणमा पुगेको छ । यो हप्ताभित्रै खोपको घोषणाको तयारी गरिएको रोयटर्सले जनाएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी आष्ट्राजेनेकाले उत्पादन गरेको कोरोनाविरुद्धको खोप यो हप्ताभित्रै घोषणाको तयारी गरिएको आइटिभीले जनाएको छ ।

    images

    तेस्रो चरणको क्लिनिकल परीक्षणका क्रममा रहेको यो खोप लगाएका व्यक्तिमा कोरोना भाइरसविरुद्धको प्रतिरोधी क्षमता सकरात्मक हिसाबले बढेको कम्पनीले जनाएको छ । तेस्रो चरणमा प्रवेश गर्ने तीनवटा खोपमा यो एउटा हो । बाँकी दुईवटा खोप चिनियाँ रहेका छन् ।

    अक्सफोर्ड विश्वविद्यालयकी प्रवक्ताले नतिजा प्रकाशनकका लागि मेडिकल जर्नलको निर्णयको पर्खाइमा भएको बताएकी छन् । यो खोपका लागि अमेरिकालेसमेत १ अर्ब २० करोड डलर उपलब्ध गराउने निर्णय गरिसकेको छ । कम्पनीले सुरुवातमै अमेरिकालाई ३० करोड डोज उपलब्ध गराउनुपर्नेछ ।

    कम्पनीले सेप्टेम्बरदेखि खोपको डेलिभरी सुरु गर्ने तयारीसँगै उत्पादन थालेको छ । आष्ट्राजेनेकाले संसारका विभिन्न ७ वटा देशमा एकैसाथ उत्पादन गर्नेछ । त्यसमध्ये भारत पनि एक हो । विकासउन्मुख देशमा सस्तोमा खोप उपलब्ध गराउने कम्पनीको योजना छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology