Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विद्यालयकाे ढाेकामा च्यापिएर ८ वर्षीया बालिकाकाे मृत्यु

विद्यालयकाे ढाेकामा च्यापिएर ८ वर्षीया बालिकाकाे मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ११, २०७७ मंगलवार • १५:३८:१० बजे
  • 1.3K
    SHARES
  • विद्यालयकाे ढाेकामा च्यापिएर ८ वर्षीया बालिकाकाे मृत्यु

    नवलपुर -नवलपुरमा विद्यालयकाे ढाेकामा च्यापिएर ८ वर्षीया बालिकाकाे मृत्यु भएकाे छ । स्लाइड गरेर खाेल्ने र बन्द गर्ने गेटबाट ट्रयाक्टर भित्र लैजानका लागि खाेलिएकाे ढाेका एक्कासी पल्टिदा खेल्दै गरेकी बालिका च्यापिएर घटनास्थलमै मृत्यु भएकाे हाे ।

    images

    अर्का एक बालक सामान्य घाइते भएकाे विद्यालय प्रशासनले जनाएकाे छ ।

    कावासाेती नगरपालिका ५, काे कालीका माविमा कक्षा ३ मा अध्ययनरत छात्रा गमित्रा सिंजालीकाे मृत्यु भएकाे प्रधानाध्यापक लेखराज पाेखरेलले बताउनुभएकाे छ । कक्षा ४ मा अध्ययनरत ९ वर्षका बालक विस्मत ढकाल घाइते भएका छन् ।

    मृतक बालिकाकाे पाेष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएकाे विद्यालय प्रशासनकाे भनाइ छ । सामान्य घाइते बालक ढकाल सामान्य उपचारपछि घर फर्किएका छन् ।

    विद्यालयको ४१औं वार्षिकोत्सवको तयारी भएकाले विद्यार्थीहरू केही ढिलो गरी विद्यालय पुगेका थिए ।

    ;

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology