Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चैत २७ देखि २९ गतेसम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने

चैत २७ देखि २९ गतेसम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १६, २०७७ आइतवार • १०:१०:३७ बजे
  • 2.1K
    SHARES
  • चैत २७ देखि २९ गतेसम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने

    आउँदो चैत २७ देखि २९ गतेसम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने भएको छ । नेपाल गणित समाजको आयोजनामा अप्रत्यक्ष माध्यमबाट हुने सम्मेलनमा नेपाललगायत विश्वका १० देशका २०० बढी गणित विज्ञको सहभागिता हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष डा चेतराज भट्टले जानकारी दिए ।

    images

    उनले गणितको महत्त्व र गणित विधाको अनुसन्धान गर्नका लागि सम्मेलन आयोजना गरिएको बतए । सम्मेलनमा गणित विषयका २३ वटा विधा समेटिएको छ । उनले सरकारले पनि गणित विषयलाई अवमूल्यन गरिरहेको अवस्थामा गणितको अन्तर्राष्ट्रिय महत्त्व कति छ भन्ने बुझाउन पनि सम्मेलनले सार्थकता राख्ने बताए ।

    सम्मेलनमा नेपाली गणितज्ञले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो धारणासमेत राख्नेछन् । सम्मेलनबाट गणित विधामा विश्वव्यापीरूपमा भइरहेका अध्ययन अनुसन्धानबारे नेपाली गणितज्ञ परिचित हुने र देशभित्र भइरहेका अध्ययन अनुसन्धान अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने उद्देश्य रहेको छ ।

    सम्मेलनमा पाँचवटा कार्यपत्र, २५ आमन्त्रित कार्यपत्र प्रस्तुत गरिनेछ । गएको वर्ष गर्न भनिएका सम्मेलन कोरोना भाइरसका कारणले चैतमा हुन थालेको हो । नेपालमा ५० भन्दा बढीले गणितमा विद्यावारिधि र सयभन्दा बढीले एमफिल गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # गणित सम्मेलन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology