Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चितुवासँग लडेर बाबुआमाले यसरी बचाए छोरा

चितुवासँग लडेर बाबुआमाले यसरी बचाए छोरा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २७, २०७७ बिहिवार • १६:५१:३२ बजे
  • 2.0K
    SHARES
  • चितुवासँग लडेर बाबुआमाले यसरी बचाए छोरा

    तनहुँको एक दम्पतीले चितुवासँग लडेर  छोरालाई बचाउन सफल भएका छन् । बन्दीपुर गाउँपालिका–१, कौ सिनीछापका चन्द्रबहादुर चेपाङ र सानीमाया चेपाङले आफ्ना चार वर्षका छोरा अक्कल चे पाङलाई बचाउन सफल भएका हुन् ।

    images

    डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत मनोज रानाभाटका अनुसार आइतबार  साँझ बारीमा काम गरेर आमाबुबासँगै आउने क्रममा बच्चालाई   चितुवाले आक्रमण गरेको थियो ।  

    साथमै रहेको छोरालाई  चितुवाले आक्रमण  गरेपछि  बाबाआमा चितुवामाथि जाइलागे पछि चितुवा भागेको थियो  । चन्द्रबहादुर चेपाङले चितुवाले छोराको घाँटीमा समाते पछि दुवै जना चितु्वामाथि जाइलागेको  बताए  ।

    चितु्वाको आक्रमणबाट बालकको घाँटीमा चोट लागेको छ भने  चितुवासँग भिड्दा बाबा र  आमालाई सामान्य चोट लागेको   डिभिजन वन कार्यालयले  जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology