Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दलित विद्यार्थीसँग असुलेको शुल्क फिर्ता गर्न माग गर्दै प्रशासन शाखामा तालाबन्दी

दलित विद्यार्थीसँग असुलेको शुल्क फिर्ता गर्न माग गर्दै प्रशासन शाखामा तालाबन्दी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ३, २०७७ मंगलवार • १७:०५:४७ बजे
  • 1.7K
    SHARES
  • दलित विद्यार्थीसँग असुलेको शुल्क फिर्ता गर्न माग गर्दै प्रशासन शाखामा तालाबन्दी

    धादिङ । धादिङबेंसीस्थित नीलकण्ठ माध्यमिक विद्यालयको प्रशासन शाखामा शुल्क फिर्ता माग गर्दै दलित विद्यार्थीले तालाबन्दी गरिदिएका छन् । गरीब तथा दलित विद्यार्थीसँग विद्यालयले असुलेको शुल्क फिर्ता गर्न माग गर्दै प्रशासन शाखामा अनिश्चित कालीन तालाबन्दी गरिएको हो ।

    images

    स्थानीय सरकारले विद्यालयमा उपलब्ध गराएको शैक्षिक कार्यक्रम सार्वजनिक गर्न, असंवैधानिक रुपले शुल्क असुल्ने शिक्षकलाई कारवाही गर्न, विपन्न विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था कार्यान्वयन गर्न र संविधानमा उल्लेख भएका अधिकार उपलब्ध गराउन माग गर्दै विद्यार्थीले तालाबन्दी गरेको सङ्गम विश्वकर्माले बताए ।

    हाल लगाइएको ताला विद्यार्थीको माग सम्बोधन नभएसम्म नखोलिने विद्यार्थीले बताएका छन् । विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीले निजी स्रोतबाट शिक्षक राख्नुपरेका कारण दलितलाई निःशुल्क शिक्षा दिन नसकिएको स्पष्ट पारे ।

    ;

  • सम्बन्धित विषय:

  • # तालाबन्दी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology