सिटिइभिटीको पश्नपत्र आउट गरी फोटोकपी गरिरहेको अवस्थामा जनकपुरधामबाट ५ जना पक्राउ परेका छन् ।
सिटिइभिटीको प्रश्नपत्र आउट गरेको भन्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-४ स्थित भैरवचोकबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
भैरवचोकस्थित एक फोटो कपि पसलबाट सिटिइभिटीको पश्नपत्र आउट गरी फोटोकपी गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
पक्राउ परेकाहरुको नाम भने प्रहरीले गोप्य राखेको छ । डिएसपी मिश्रले अनुसन्धानमा प्रभाव पर्नसक्ने भन्दै उनीहरूको नाम गोप्य राखिएको बताए ।
अनुसन्धान पश्चात् नाम सार्वजनिक गरिने उनले जानकारी दिए ।