Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पर्वत जलजला २ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा

पर्वत जलजला २ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ११, २०७७ बुधवार • १७:२६:४० बजे
  • 1.9K
    SHARES
  • पर्वत जलजला २ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा

    पर्वत-पर्वतको जलजला गाउँपालिका-२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् । स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक आफन्तविहीन बनेका हुन् ।

    images

    विद्यालयको कक्षा १ मा पढ्ने आशा परियारकी आमाले दोस्रो विवाह गरेपछि घरमा बुवाले अर्की आमा ल्याएसँगै उनले उचित हेरचाह र पढ्ने वातावरण पाइनन् । आमाले साथ छाडेपछि उनले बुवाको माया पाउन सकिनन् ।

    अहिले मामाघरमा बसेर विद्यालयमा जाने गरेकी छन् । आशाजस्तै सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत आस्था परियारको समस्या पनि उस्तै छ । आमा र बुवाले दोस्रो विवाह गर्दा उनी पनि अर्की आमाको निशानामा परिन् । अर्काको कोखबाट जन्मिएको सन्तानलाई आफ्नो स्वीकार गर्न नसक्दा उनी घर छाडेर आफन्तकोमा बस्न बाध्य भइन् ।

    जलजला-२ रातढुङ्गाका विवश परियार कक्षा ४ मा अध्ययनरत छन् । विवशका बुवाको मानसिक सन्तुलन गुमेपछि आमाले दोस्रो विवाह गरिन् ।

    बेनी नगरपालिका-५ पुलाचौरकी शनिशा परियारको बुवा सिकिस्त बिरामी छन् । बुवा लगातार बिरामी हुन थालेपछि आमाले दिनुपर्ने साथ र सहयोगको विकल्पमा दोस्रो विवाह रोजिन् । अहिले घरमा बुवा बिरामी छन्, खाने, बस्ने र पढ्ने वातावरण नभएपछि ठूली आमाको घरमा बसेर सोही ठाउँको विद्यालयमा जाने गरेकी छन् ।

    विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर घर्ती क्षेत्रीले अभिभावकविहीन पाँच बालबालिकाको अवस्था बिजोग रहेको बताए । उनीहरुलाई पढ्न वर्षभरि आवश्यक पर्ने साम्रगीकै अभाव छ, सबै आफन्तको घरमा बसेका छन्, आफन्तको आर्थिक अवस्था पनि निकै नाजुक छ, प्रअ घर्तीले भने ।

    उनका अनुसार सानै उमेरमा अभिभावक गुमाएका बालबालिकालाई नियमित विद्यालय आउन समस्या हुने गरेको छ । यता वडाध्यक्ष गोविन्द खत्रीले दलित बस्तीका बालबालिकाको अवस्था नाजुक भएकाले विभिन्न माध्यमबाट सहयोग गरेको बताए । सिङ्गो दलित बस्तीका बालबालिकामा धेरै अभाव छ, वडाबाट सक्ने सहयोग हुन्छ अध्यक्ष खत्रीले भने ।

    अत्यन्त गरिब परिवारका बालबालिकालाई अभिभावकले छाडेर गएपछि शिक्षादीक्षामा ठूलो सङ्कट परेको छ । शैक्षिक साम्रगीदेखि ओढ्ने-ओच्छ्याउने लुगा, अगेनामा पाक्ने खाद्यान्नसमेत नभएको अवस्थामा भोकभोकै आउन बाध्य विद्यार्थीलाई सहयोग जुटाउने अभियान शुरु भएको स्थानीय युवाद्वय नवीन जिसी र रविन जिसीले बताए ।

    उनीहरुलाई पालनपोषण र शिक्षादीक्षाका लागि सहयोग गर्न सकेमा भविष्यमा राम्रो प्रगति गर्न सक्ने स्थानीयवासीले बताएका छन् । लामो समयदेखि अभिभावकविहीन बने पनि कुनै निकायबाट सहयोग नपाएको बालबालिकाको गुनासो छ ।

  • सम्बन्धित विषय:

  • # बालबालिका बिचल्लीमा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology