Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निषेधाज्ञा जारी

बागलुङ नगरपालिकाका तीन वडामा निषेधाज्ञा जारी

बागलुङ नगरपालिकाका तीन वडामा निषेधाज्ञा जारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ८, २०७८ बुधवार • १२:३९:२१ बजे
  • 1.4K
    SHARES
  • बागलुङ नगरपालिकाका तीन वडामा निषेधाज्ञा जारी

    बागलुङ। बागलुङमा कोरोना संक्रमण बध्दै गएपछी बागलुङ नगरपालिकाका तीन वडामा निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि बुधबार एकै दिन नगरपालिकाको वडा नम्बर १२ स्थित जनताधन माविका विद्यार्थी शिक्षकसहित ३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले वडा नम्बर १२,१३ र १४ मा निषेधाज्ञा जारी गरेको हो ।

    images

    भारतबाट बागलुङ आएका ३ जनामा केही दिनअघि कोरोना संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ८ जनामा कोरोना पुष्टि भएको थियो । फेरि ती ८ जनाको कन्ट्याक्ट ट्रेसिङबाट ९८ जना विद्यार्थी र शिक्षकको स्वाब परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण भएकाले बागलुङको बलेवा क्षेत्रका तीन वटा वडामा मंगलबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।

    बलेवा क्षेत्रका अत्यावश्यकीय सेवाबाहेक अन्य सबै विद्यालय, कार्यालय, नीजि तथा सार्वजनिक यातायात बन्द गरिएको छ । बलेवा हुँदै जाने कालीगण्डकी करिडोर र अन्य गन्तव्यका लागि बिचमा झार्न र राख्न नपाउने गरि सिधा यातायात भने सञ्चालन हुनेछ । बलेवा क्षेत्र बाहेक नगरपालिकाका जोखिमयुक्त विद्यालयका लक्षण देखिएका विद्यार्थीको प्रतिनिधिमूलक हिसाबले स्वाब लिएर नमुना परीक्षणको तयारी गरिएको उनको भनाई छ । बागलुङलाई नेपाल सरकारले कोरोना संक्रमण फैलिँदै गए पछि अति प्रभावित १४ जिल्लाको सूचिमा राखेको छ ।

    सोमबारसम्मै जनताधन माविमा विद्यालय सञ्चालन भएकाले अन्य विद्यार्थीमा पनि संक्रमण फैलिएको आशंका बढेको छ । कोरोना संक्रमण पुष्टी भएका सबै विद्यार्थी र शिक्षकलाई घरमै आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले जानकारी दिए ।

    baglung.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology