Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने ११ वटा निजी विद्यालयका सञ्चालक प्रहरी नियन्त्रणमा

सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने ११ वटा निजी विद्यालयका सञ्चालक प्रहरी नियन्त्रणमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १३, २०७८ सोमवार • ११:३१:२८ बजे
  • 1.7K
    SHARES
  • सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने ११ वटा निजी विद्यालयका सञ्चालक प्रहरी नियन्त्रणमा

    सप्तरी । सप्तरीको राजविराजमा सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ ।

    images

    वैशाख मसान्तभरका लागि बिधालय बन्द गर्न निर्देशन दिए पनि निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।

    उनका अनुसार पटक पटक सम्झाउँदा पनि विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

    सोमबार बिहान प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, राजविराज नगरपालिकाका प्रमुखसहितको टोलीले अटेर गर्ने विद्यालय सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणामा लिएकाहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुविरुद्ध कस्तो कदम चाल्ने भन्ने विषयमा आजै हुने बैठकले निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology