अछाम- एकै विद्यालयमा पढ्ने १६ विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ।
अछाम बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ कालिकामा रहेको नन्दा माध्यमिक विद्यालयका १६ जना विद्यार्थीमा कोरोना देखिएको हो।
यो विद्यालयका २५ जना विद्यार्थीमा सोमबार एन्टिजेन परीक्षण गरिएको थियो। १० जना छात्र र ६ छात्रामा कोरोना पोजेटिभ देखिएको हो।
गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बसन्तबहादुर रावलले विद्यालयका १० जना शिक्षकको पनि स्वाब लिइएको बताए।
विद्यार्थीमा कोरोना देखिएपछि शिक्षकहरूको पनि स्वाब संकलन गरिएको हो।