Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

भदौ ७ बाट परीक्षा सुरु

त्रिवि मातहतका सबै क्याम्पस आजदेखि खुल्ने

त्रिवि मातहतका सबै क्याम्पस आजदेखि खुल्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०७७ बुधवार • ०८:३८:३७ बजे
  • 1.8K
    SHARES
  • त्रिवि मातहतका सबै क्याम्पस आजदेखि खुल्ने
    त्रिभुवन विश्वविद्यालय मातहतका सबै क्याम्पसहरु आजदेखि खुल्ने भएका छन्। नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय विश्वविद्यालयले गरेको हो।
    सरकारले कोरोना भाइरस सङ्क्रमणका कारण गत चैत ११ गतेदेखि जारी गरेको लकडाउन खुला गर्ने निर्णय लिए लगत्तै आफनो नियमित कार्यक्रमलाई सुचारु गर्ने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ। यसैवीच, विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौ ७ गतेबाट सुचारु गर्ने निर्णय गरिएको त्रिविका रजिष्ट्रार प्राध्यापाक पेशल दाहालले जानकारी दिए। स्थगित परीक्षाहरु दशैं अघि नै सक्ने र दशैंपछि अन्य नियमित परीक्षा गर्ने तयारी त्रिविको छ।
    त्यस्तै विश्वविद्यालयले क्याम्पस सञ्चालन गर्ने निर्णय गरेसँगै विदामा बसेका अध्यापकहरुलाई पनि बोलाउने निर्णय गरेको छ। क्याम्पसमा नियमित पठनपाठन र परीक्षा बाहेक अन्य गतिविधि नियमित गरिने भएकोले विश्वविद्यालयका अध्यापकहरुलाई पनि बोलाइएको जनाइएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology