Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फर्म अनलाइनबाट भर्न मिल्ने

स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फर्म अनलाइनबाट भर्न मिल्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ९, २०७८ आइतवार • १५:५६:४६ बजे
  • 1.7K
    SHARES
  • स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फर्म अनलाइनबाट भर्न मिल्ने

    काठमाडौं। त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फर्म अनलाइनबाट भर्न मिल्ने भएको छ।

    images

    परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना निकाल्दै परीक्षा आवेदन फर्म कोभिडका कारण स्थगित गरिएकोमा अनलाइनबाट भर्न मिल्ने जनाएको हो। २०७८ साल जेठ १० देखि जेठ २० सम्म क्याम्पसमा संकलन भएका आवेदन फर्महरु सम्बन्धित क्याम्पसबाट भराउने र आवेदन फाराम छुट भएका विद्यार्थीहरुको आवेदन जेठ १२ गतेबाट २० गतेसम्म अनलाइनबाट परीक्षार्थी स्वयंले भर्न सक्नेछन्,

    विज्ञप्तिमा भनिएको छ, क्याम्पस र परीक्षार्थीबाट भरिएका सम्पूर्ण फारामहरु क्याम्पसले रुजु गरी सोको रकम भुक्तानी गरी २०७८ जेठ २३ सम्म इन्ट्री गरिसक्नु पर्नेछ। अनलाइन फाराम www.tuexam.edu.np मा अनलाइन फर्ममा क्लिक गरी निर्देशन अनुसार भर्न सकिनेछ। त्यस्तै २०७८ साल जेठ २४ गतेबाट उक्त वेभसाइट बन्द गरिने र दोब्बर दस्तुर बुझाइ फर्म भर्ने अवधि असार १ गतेबाट ७ गतेसम्मका लागि रहने विश्वविद्यालयले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology