Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गन्ध गुमाउनेका लागि अनौठो ‘गन्ध तालिम’ अलगअलग सुगन्धको प्रयोग गर्दा गन्ध लिने क्षमता फर्काउन सकिने

गन्ध गुमाउनेका लागि अनौठो ‘गन्ध तालिम’ अलगअलग सुगन्धको प्रयोग गर्दा गन्ध लिने क्षमता फर्काउन सकिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १५, २०७८ शनिवार • १४:१०:२४ बजे
  • 979
    SHARES
  • गन्ध गुमाउनेका लागि अनौठो ‘गन्ध तालिम’ अलगअलग सुगन्धको प्रयोग गर्दा गन्ध लिने क्षमता फर्काउन सकिने

    एजेन्सी । तेह्र वर्षका साहिल शाह गतवर्ष नोभेम्बरमा कोरोना संक्रमित भएका थिए । त्यसपछि उनलाई कुनै पनि गन्ध आउन छोड्यो । उनका आमाबाबु बच्चाको समस्या समाधानका लागि धेरै तिर दौडिए ।

    images

    महिनौंसम्म साहिलको यो समस्या समाधान भएन । दिक्क मान्दै साहिलको परिवार उनीहरुले एकजनासँग परामर्श लिए जोसँग उनीहरुको कुनै आशा नै थिएन । साहिलका बाबु प्रतीक शाहले एकजना आफन्तको सुझावमा उनले अमेरिकाको न्यूयोर्कको एक गन्ध विज्ञ सू फिलिप्ससँग सम्पर्क गरे ।

    म्यानहट्टनस्थित फिलिप्सको बुटीकमा पुग्दा उनी कुनै डाक्टर, "वैत्रानिक" वा रसायनशास्त्री नभएको उनीहरुले थाहा पाए । सुँघ्ने क्षमता गुमाएका मानिसहरुलाई निको पार्न फिलिप्सले १८ प्रकारका गन्ध आफैंले तयार पारेकी थिइन् । उनले उपचारको शुरुवातमा हल्का सुगन्ध जस्तो गुलाब, ल्यावेण्डर र पुदिनाबाट गरिन् ।

    फिलिप्स एक पटक सुगन्धको एक मात्र बोतल दिने र बिरामीलाई सुगन्ध दिमागमा पनि महशुस गर्न भन्छिन् । धेरै बिरामी त शुरुवाती चरणमै निको हुन्छन् । उनीहरुमा सुगन्ध महशुस गर्ने क्षमतामा धेरै नै सुधार हुने पाइयो । साहिलका बाबु आफ्नो बच्चामा २५ प्रतिशत सुधार देखिएको बताउँछन् । केही नहुनुभन्दा यही तरिका धेरै ठीक हो । हार्वर्ड विश्वविद्यालयका न्यूरोसाइन्टिस्ट वेन्कटेश मुर्तिका अनुसार केही विशेष गन्ध यादहरु र भावनाहरुलाई जगाउन प्रेरित गर्दछ र फिलिप्स त्यहि गरिरहेकी छन् ।

    अलगअलग सुगन्धको प्रयोग गर्दा कुनै व्यक्तिमा गन्ध लिने क्षमता फर्काउन सकिने भएको छ । यसमा कुनै प्रकारको "हानी" छैन । जर्नल अफ क्लिनिकल इम्यूनोलोजीमा प्रकाशित शोधमा विशेषज्ञहरुले यो प्रक्रियाबाट गन्ध क्षमता फर्काउनेमा सहयोगीसिद्ध हुने दाबी भने गरेका थिए । बेल्जियमकी एन लेरक्विनको कथा भने बेग्लै छ । उनलाई कोरोनाभन्दा जे सुगन्ध लाग्थ्यो अहिले त्यो दुर्गन्ध लाग्न थालेको छ । उनी अहिले स्मेल ट्रेनिङ लिइरहेकी छन् ।

    त्यसका लागि उनी आँखा बन्द गरेर दिनमा दुई पटक अलगअलग गन्ध सुँघ्छिन् । यो उपचारमा सम्लग्न डा. हुआर्ट भन्छन्, ‘ध्यान दिनु जरुरी छ किनकी मस्तिष्कलाई ती गन्धहरुको स्मृतिको हर्कतमा आउनु पर्ने हुन्छ । यहाँको उपचार पद्दति हेर्दा मानिसको मस्तिष्कमा पुनः गुलाब गुलाबकै जस्तो सुगन्ध हुने कुरा सिकाउनु पर्दछ ।’

  • सम्बन्धित विषय:

  • # अनौठो ‘गन्ध तालिम’
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology