Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एसईई परीक्षा आन्तरिक मूल्याङ्कनबाट

एसईई परीक्षा आन्तरिक मूल्याङ्कनबाट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १८, २०७८ मंगलवार • १०:११:५३ बजे
  • 1.7K
    SHARES
  • एसईई परीक्षा आन्तरिक मूल्याङ्कनबाट

    यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्याङ्कनबाट सम्पन्न गरिने भएको छ। सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो बर्ष जस्तै यस बर्ष पनि परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको हो ।

    images

    यो निर्णयअनुसार विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउनु पर्नेछ । शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ । विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्नेछ । यसअघि शिक्षा मन्त्रालयको बैठकले गत वर्ष जस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो |

    गत वर्ष विद्यालयका प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्याङ्कन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्याङ्कन ३० प्रतिशत र तेस्रो त्रैमासिक अवधिको ६० प्रतिशत अङ्कका आधारमा मूल्याङ्कन गरेको थियो|

    मूल्याङ्कन समितिले राष्ट्रिय परीक्षा बोर्डले तोके अनुरुप विद्यार्थीको प्राप्ताङ्क शिक्षा विकास तथा समन्वय इकाईमा बुझाएपछि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईहरुले विवरण राष्ट्रिय परीक्षा बोर्डमा पठाइ बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।

    यस वर्ष पनि <कोरोना> महामारीका कारण विद्यार्थीहरुको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने अवस्था भएकाले सरकारले पोहोर साल जस्तै विधि अपनाउने निर्णय गरेको हो |

  • सम्बन्धित विषय:

  • # एसईई परीक्षा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology