Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भीडभाडसँगै कोरोनाको जोखिम बढ्यो, कन्ट्याक्ट ट्रेसिङ सुस्त

भीडभाडसँगै कोरोनाको जोखिम बढ्यो, कन्ट्याक्ट ट्रेसिङ सुस्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०७७ शनिवार • ११:४४:४४ बजे
  • 3.7K
    SHARES
  • भीडभाडसँगै कोरोनाको जोखिम बढ्यो, कन्ट्याक्ट ट्रेसिङ सुस्त
    लकडाउन हटेसँगै देशभर भीडभाड बढेको छ । भीडभाड बढेसँगै कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न सकस हुँदा कोरोना संक्रमणको जोखिम बढेको चिकित्सकले बताएका छन् ।


    कोरोना संक्रमितको संख्या १८ हजार नाघे पनि संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ सुस्त गतिमा गरिएकाले जोखिम अत्यधिक बढेको हो ।

    लकडाउन खुकुलो भएपछिको अवधिमा मात्रै संक्रमितको संख्या १२ हजार १ सय ६३ पुगेको छ । पहिलोपटक गत १ असारमा लकडाउन खुकुलो भएको थियो । गत ७ साउनदेखि सरकारले लकडाउन पूर्ण रूपमा हटाएको छ । पछिल्ला दुई दिनमा २ सय ८० जनामा संक्रमण देखिएको छ । लकडाउन खुकुलो हुँदा भौतिक दूरी कायम नहुने र संक्रमितसँग सम्पर्क हुन सक्ने भएकाले जोखिम बढ्न सक्ने जनस्वास्थ्य विज्ञहरूको विश्लेषण छ ।

    मुख्यतः काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनहरू गुड्न थालेका छन् । ती सवारी साधनमा चढ्ने यात्रुहरूको विवरण राखिएको छैन । जसले गर्दा यात्रुमध्ये कुनै व्यक्तिलाई संक्रमण भइहाले वा संक्रमण देखिएमा उनीहरूको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट टे«सिङ थप जटिल हुने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

    सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले संक्रमितको संख्या बढ्दै गएकाले थप चुनौती देखिएको बताए । उनले भने, ‘अब स्वयं व्यक्ति सचेत हुन जरुरी छ । सार्वजनिक सवारीसाधनमा चढेकाहरू सबैको परिचय खुलेको पनि हुँदैन । हिँडडुल गर्दा मास्कको समुचित प्रयोग गर्नैपर्छ । यस्तै, साबुनपानीले हात धुने र हातले मुखनाक आँखा छुनुहुँदैन ।’

    जनस्वास्थ्यविज्ञ डा रवीन्द्र पाण्डेले जोखिम कम गर्न जनस्वास्थ्य मापदण्डअनुसार सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने बताए । उनले भने, ‘सार्वजनिक सवारीसाधनमा चढेका यात्रुहरूको रेकर्ड राख्ने प्रणाली छैन । कसैले कसैलाई चिनेको पनि हुँदैन त्यसैले पनि कन्ट्याक्ट ट्रेसिङमा समस्या देखिन्छ । जसका कारण जोखिम बढ्न सक्छ ।’ उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology