Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

जीवित बन्ने आशामा यसरी राखियो १४६ जनाको लाश

जीवित बन्ने आशामा यसरी राखियो १४६ जनाको लाश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३०, २०७८ आइतवार • १९:१५:०४ बजे
  • 1.6K
    SHARES
  • जीवित बन्ने आशामा यसरी राखियो १४६ जनाको लाश

    एजेन्सी /तपाईंले हलिउडका विभिन्न साइन्स फिक्सन फिल्महरु हेर्नुभएकै होला । केही साइन्स फिक्सन फिल्ममा क्रायोजेनिक च्याम्बरको विषय समावेश गरिएको हुन्छ । त्यस्ता क्रायोजेनिक च्याम्बरमा फिल्मका पात्रहरुले आफ्नो शरीरलाई लामो समयसम्म फ्रिज गर्ने र वर्षौंपछि त्यस्ता च्याम्बरबाट निस्किँदा ज्यूँका त्यूँ रहने दृश्यहरु फिल्ममा हेर्न पाइन्छ । क्याप्टेन अमेरिका नामक फिल्ममा त ७० वर्षसम्म बरफमा जमाएर राखेपछि पनि मानिसलाई पुनः जीवित गराउन सकिने कथा समावेश छ । हालै करेन्ट बायोलोजी नामक विज्ञान पत्रिकामा एउटा शोध प्रकाशित भयो ।

    images

    जसमा रुसको साइबेरियामा २४ हजार वर्षसम्म हिउँमा जमेर रहेको डेलाइट रोटिफर नामक सूक्ष्म जीव जीवितै रहेको तथ्य पत्ता लागेको छ । यो सबैलाई आश्चर्यजनक शोधको रुपमा रहेको छ । यी सबै तथ्यहरुलाई हेर्दा एउटा प्रश्न स्वभाविक रुपमा उठ्छ के मानिसलाई समेत लामो समयसम्म क्रायोजेनिक निद्रामा राखेर पुनः जीवित गराउन सकिन्छ ? के भविष्यमा कुनै त्यस्तो प्रविधिको विकास होला जसले मरेका मानिसलाई पनि पुनः जीवित गराउन सक्नेछ ? यही विश्वासका साथ अमेरिकाको एरिजोनास्थित अल्कार लाइफ एक्सटेन्सन फाउन्डेसनले १४६ जना मानिसको शवलाई सुरक्षित ढंगले क्रायोजेनिक च्याम्बरमा राखेको छ । भविष्यमा विज्ञानको मद्दतले ती मानिसहरुलाई पुनः जीवित बनाउन सकिने विश्वास उसको छ ।

    एरिजोनाको फोनिक्समा रहेको उक्त फाउन्डेसनले ती मानिसहरुको मृत शरीरलाई एक विशेष खालको क्रायोजेनिक च्याम्बरमा राख्छ जसले जीवित छँदै भविष्यमा पुनः दोस्रोपटक जीवित बन्ने इच्छा जाहेर गरेका हुन्छन् । ती विशेष च्याम्बरमा निकै कम तापक्रममा शवलाई राखिएको हुन्छ । कम तापक्रममा राख्नाले मृतकको शरीरमा कुनै पनि परिवर्तत तथा क्षयीकरण हुँदैन र शरीर जस्ताको तस्तै रहन्छ । अल्कार लाइफ एक्सटेन्सन फाउन्डेसनले आफ्नो वेबसाइटमा यस प्रविधिको बारेमा विस्तृत व्याख्या गरेको छ ।

    मृत शरीरलाई यसरी विशेष खालको क्रायो च्याम्बरमा राख्दा झण्डै साढे २ करोड रुपैयाँ बराबरको खर्च लाग्दछ । त्यसैले धनाढ्य परिवारका व्यक्तिहरुले आफ्ना मृतक परिवारजनको शव त्यसरी सुरक्षित राख्न सक्दछन् । हालसम्म यो संस्थाले १४६ जनाको शव क्रायोजेनिक रुपमा एक विशेष तरिकाले तरल नाइट्रोजनमा राखेको छ । त्यसमा प्रथम विश्वयुद्धका एकजना सिपाहीको शव पनि रहेको छ । त्यहाँ राखिएका मृतकका परिवारजनलाई यो आशा छ कि भविष्यमा विज्ञानको चामत्कारिक विकासले गर्दा ती मृतकलाई पुनः जीवित गराउन सकिनेछ ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology