Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एसइईको मूल्यांकनमा ८० नम्बरभन्दा बढी दिँदा कारण खुलाउनुपर्ने

एसइईको मूल्यांकनमा ८० नम्बरभन्दा बढी दिँदा कारण खुलाउनुपर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १, २०७८ मंगलवार • ११:४२:०७ बजे
  • 1.7K
    SHARES
  • एसइईको मूल्यांकनमा ८० नम्बरभन्दा बढी दिँदा कारण खुलाउनुपर्ने

    राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनका कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दियो भने कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ। बोर्डको आइतबार बसेको बैठकले यसपटकको एसइई परीक्षाको मूल्यांकनको जिम्मेवारी विद्यालयलाई दिने निर्णय गरेसँगै विगतबाट पाठ सिक्दै ८० नम्बर माथि अंक दिने शिक्षकले आफूले नम्बर किन र कुन आधारमा दिएको भन्नै प्रमाणसमेत पेश गर्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए।

    images

    गत वर्ष एसइई विद्यालयले मूल्यांकन गरी बोर्डलाई पठाएको नतिजामा धेरै दुरूपयोग भएको थियो,’ प्रवक्ता अर्यालले नागरिकसँग अनुभव सुनाए, ‘हामीले गुरुहरूमाथि विश्वास गरेर मूल्यांकन गर्न दियौँ। तर वहाँहरुले मर्यादा कायम गर्नुभएन,’ उनले थपे, ‘कहिले जिपिए चार नल्याउने पनि चार ल्याएका पनि उदाहरण पाइयो।

    परीक्षाको मर्यादा कायम गर्न यसपटक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा पाँच सदस्यीय मूल्यांकन समितिले गठन गरी मूल्यांकन हुने व्यवस्था गरिएको छ। जस अनुसार प्रत्येक विद्यालयमा एसइई परीक्षा मूल्यांकन समितिमा पाँच सदस्य हुनेछन्। प्रधानाध्यापक समिति संयोजक हुने व्यवस्था छ | भने स्कुलको गणित, अंग्रेजी, विज्ञान, र एक वरिष्ठ शिक्षक गरी चार सदस्यहरू रहनेछन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # एसइई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology