Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेलायतका वैज्ञानिकले बनाए १५ मिनेटमा कोरोना संक्रमण पत्ता लगाउने अलार्म

बेलायतका वैज्ञानिकले बनाए १५ मिनेटमा कोरोना संक्रमण पत्ता लगाउने अलार्म

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १, २०७८ मंगलवार • १३:५६:३९ बजे
  • 1.0K
    SHARES
  • बेलायतका वैज्ञानिकले बनाए १५ मिनेटमा कोरोना संक्रमण पत्ता लगाउने अलार्म

    बेलायतका वैज्ञानिकहरुले एक डिभाइस बनाएका छन् । जसले १५ मिनेटमा नै कोभिड संक्रमण भए नभएको पत्ता लगाउने उनीहरुले दाबी गरेका छन् । वैज्ञानिकका अनुसार बेड रुममा यसले ३० मिनेटमा नतिजा देखाउँछ । कोरोना संक्रमितको जानकारी दिने उक्त डिभाइस आउने दिनहरुमा हवाईजहाजको क्याबिन, मानव सेवा सेन्टर, घर, कक्षाकोठा, अफिसमा महत्त्वपूर्ण साबित हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् । उक्त डिभाइसको नाम ‘कोभिड अलार्म‘ राखिएको छ ।

    images

    यो डिभाइस ‘स्मोक अलार्म‘ भन्दा थोरै ठूलो छ । लण्डन स्कुल अफ हाइजीन एण्ड ट्रॉपिकल मेडिसिन (LSHTM) र डरहम युनिभर्सिटीका वैज्ञानिकको सामुहिक अनुसन्धानबाट सुरु भएको यो डिभाइसले नयाँ आशा जगाएको बताइन्छ । वैज्ञानिकहरुले परीक्षणको अवधिमा यसले ९८ देखि १०० प्रतिशत सकारात्मक नतिजा दिएको छ । वैज्ञानिकहरुले यो RT-PCR र एन्टिजेन परीक्षणभन्दा कयौँ गुणा सहज हुने विश्वास व्यक्त गरेका छन् । यसले लक्षण नदेखिएका संक्रमितको पनि पहिचान गर्छ । अनुसन्धानका अनुसार यो शुरुवाती पहल हो ।

    यो भविष्यमा आउने महामारीमा काम आउने वैज्ञानिहरुले बताएका छन् । डरहम युनिभर्सिटीका बायोसाइन्स प्रोफेसर स्टीभ लिन्डसेले बिरामीका अलग अलग लक्षण हुने भन्दै डिभाइसको बारेमा भन्छन्, “ हामीले कोरोना भाइरसबाट सुरु गरेका हौँ । संक्रमित र सामान्य मानिसमा गन्ध आउने र नआउने भएका कारण यो काम सहज भएको हो । बिरामीको पहिचान गर्ने यो तरिका निकै रोचक छ ।

    डिभाइसको मूल्य करिब ५.१५ लाख (भारतीय रुपियाँ) भएपनि यसले महामारीमा संक्रमितको पहिचान गर्न मद्दत गर्छ ।” रोबोसाइन्टिफिक यो डिभाइसले छाला र सासद्वारा उत्पादन हुने रसायनको पत्ता लगाएर संक्रमितको पहिचान गर्छ । भाइरसका कारण मानिसमा वाष्पशील कार्बनिक यौगिक (VOC) मा परिवर्तन आउने गर्छ । यसले शरीरमा गन्ध पैदा हुन्छ र डिभाइसको सेन्सरले पत्ता लगाउँछ र डिभाइस अधिकृतलाई उक्त संक्रमित व्यक्तिको जानकारी पनि दिने वैज्ञानिकहरु बताउँछन् ।

  • सम्बन्धित विषय:

  • # अलार्म
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology