Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अन्तरिक्ष केन्द्र निर्माणमा चीनको फड्को, तीन अन्तरिक्ष यात्री लिएर उड्यो शेन्झाउ-१२

अन्तरिक्ष केन्द्र निर्माणमा चीनको फड्को, तीन अन्तरिक्ष यात्री लिएर उड्यो शेन्झाउ-१२

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ३, २०७८ बिहिवार • १३:५३:१६ बजे
  • 1.0K
    SHARES
  • अन्तरिक्ष केन्द्र निर्माणमा चीनको फड्को, तीन अन्तरिक्ष यात्री लिएर उड्यो शेन्झाउ-१२

    पोखरा । चीनले बिहीवार आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्री सहितको शेन्झाउ १२ रकेट प्रक्षेपण गरेको छ ।

    images

    तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र निर्माणमा यी अन्तरिक्ष यात्रीले काम गर्नेछन् । उनीहरु अन्तरिक्ष केन्द्रमा तीन महिना बस्नेछन् ।

    हाल संयुक्तराज्य अमेरिका र रुससँग मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र छन् जहाँ पृथ्वीबाट पठाइएका अन्तरिक्ष यात्रीहरु महिनौं बसेर अध्ययन र अनुसन्धानका कार्यहरु गर्ने गर्दछन् ।

    हुनत, चीनले यसअघि पनि अन्तरिक्षमा मानव पठाइसकेको छ । यो चीनको सातौं मानव सहितको अन्तरिक्ष यात्रा हो । चीनले पाँच वर्ष यता मानव सहितको रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको थिएन । चीनको अन्तरिक्ष केन्द्र (सीएमएसए) का अनुसार चीनको उत्तरपश्चिम स्थित गोबी मरुभूमिबाट चिनियाँ समयानुसार बिहान ९:२२ बजे रकेट प्रक्षेपण गरिएको थियो । प्रक्षेपण गरिएको करिब ५७३ सेकेन्डपछि शेन्झाउ २ भूउपग्रह अन्तरिक्ष केन्द्रमा प्रवेश गरेको थियो । सीएमएसएले भूउपग्रह र त्यहाँ यात्रारत सबै अन्तरिक्ष यात्रीको अवस्था राम्रो रहेकाले अन्तरिक्ष कार्यक्रम सफल भएको जनाएको छ ।

    यसपटक अन्तरिक्ष गएका यात्रीहरुमा शेन्झाउ ६ र शेन्झाउ १० बाट दुई पटक अन्तरिक्ष यात्रा गरिसकेका ५६ वर्षीय निई हाइसेङ, शेन्झाउ ७ अभियानमा संलग्न ५४ वर्षीय लिउ बोमिङ र पहिलो पटक अन्तरिक्ष यात्रा गर्न लाग्नु भएका ४५ वर्षीय टाङ होङ्बो रहेका छन् । उनीहरुले चीनको अन्तरिक्ष कार्यक्रममा तीन महिनासम्म बसेर नयाँ रेकर्ड कायम गर्ने छन् ।

    यसअघि सन् २०१६ मा शेन्झाउ ११ बाट अन्तरिक्ष गएका यात्रीहरु ३३ दिनसम्म अन्तरिक्षमा बसेका थिए । यसपटक अन्तरिक्षको यात्रामा जानेहरुले यसअघिका भन्दा निकै जटिल र चुनौतीपूर्ण कार्य गर्नु पर्ने चिनियाँ अन्तरिक्ष केन्द्रका सहायक निर्देशक हाओ चुनले बताए ।

    यस पटक अन्तरिक्ष यात्रीहरुले खासगरी अन्तरिक्ष केन्द्रको सञ्चालन, सरसफाई, उपकरणको परीक्षण एवं केही वैज्ञानिक अनुसन्धान गर्नेछन् । चीनले गत अप्रिल २९ मा नयाँ अन्तरिक्ष केन्द्रको मुख्य मोड्युल पठाएको थियो । एजेन्सी

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology