Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चरम संकटमा निजी विद्यालय

चरम संकटमा निजी विद्यालय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०७८ शनिवार • ०९:२९:४२ बजे
  • 1.1K
    SHARES
  • चरम संकटमा निजी विद्यालय

    कोरोना संक्रमण र यसको प्रभावका कारण देशभरका अधिकांश निजी विद्यालय संकटमा परेका छन् । प्याब्सन, ऐन प्याब्सनलगायतमा आबद्ध साना लगानीमा सञ्चालित निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् भने ठूलो लगानी रहेका विद्यालय पनि अत्यधिक संकटमा छन् ।

    images

    विद्यालयहरू संकटमा परेपछि शिक्षकलाई तलबसमेत खुवाउन सकेका छैनन् । लकडाउनका कारण आर्थिक गतिविधि पर्याप्त मात्रामा चलायमान नहुँदा घरभाडा, ब्याज, कर, विद्यालयका शिक्षकलाई तलब जोहो गर्न हम्मेहम्मे परेको निजी विद्यालय सञ्चालकको गुनासो छ । कोरोनाले सामान्य अभिभावकको आम्दानी खोसिएपछि आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने क्रम बढेको पीडित अभिभाव बताउँछन् ।

    यसैका कारण पनि निजी विद्यालय थप संकटमा पर्दै जान थालेका हुन् । हाल देशभर झन्डै १० हजार निजी विद्यालय रहेका छन् । यही अवस्था रहिरहे सयांै विद्यालय बन्द हुन सक्ने सञ्चालकको भनाइ छ । वैकल्पिक विधिबाट कक्षाहरू भए पनि अभिभावकले पूर्ण शुल्क नतिरेकाले संकट बेहोर्नुपरेको निजी विद्यालयका सञ्चालक बताउँछन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # निजी विद्यालय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology