Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाल शिक्षिका र विद्यालय सहयोगीको तलब १५ हजार

बाल शिक्षिका र विद्यालय सहयोगीको तलब १५ हजार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ११, २०७८ शुक्रवार • १०:२२:१५ बजे
  • 2.3K
    SHARES
  • बाल शिक्षिका र विद्यालय सहयोगीको तलब १५ हजार

    ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ । बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजानिक गर्दै गाउँपालिकाले बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरी मासिक १५ हजार पु¥याउने जनाएको हो ।

    images

    गाउँपालिकाले शिक्षकहरुको क्षमता विकासका लागि आवश्यक तालिम तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पठनपाठनलाई प्रभावकारी बनाउनका लागि शिक्षकहरुको क्षमता वृद्धि गर्ने योजना बनाइएको गाउँपालिका अध्यक्ष केशर मेन्याङ्बोले बताए । गाउँपालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउदै लगिने र त्यसका लागि विद्यालयहरुमा इन्टरनेट लगायतका विद्युतीय सामग्री जडान गरिने भएको छ ।

    विद्यार्थीको शारीरिक र बौद्धिक क्षमता विकासका लागि विभिन्न खेलकुद कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्ने गाउँपालिकाले जनाएको छ । पालिकाको बिहीबार सम्पन्न १० औँ गाउँसभामा आगामी आर्थिक वर्षका लागि रु ४२ करोड २९ लाख ६८ हजार २९० को बजेट प्रस्तुत भएको छ ।

  • सम्बन्धित विषय:

  • # विद्यालय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology