Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कक्षा ११ र १२ रजिष्ट्रेशन र परीक्षा फारम बुझाउने मिति थप

कक्षा ११ र १२ रजिष्ट्रेशन र परीक्षा फारम बुझाउने मिति थप

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १२, २०७८ शनिवार • १४:२७:२५ बजे
  • 1.2K
    SHARES
  • कक्षा ११ र १२ रजिष्ट्रेशन र परीक्षा फारम बुझाउने मिति थप

    पोखरा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ रजिष्ट्रेशन र परीक्षा फारम बुझाउने मिति थप गरेको छ ।

    images

    कक्षा ११ र १२ को नियमित, आंशिक तथा ग्रेडवृद्धि परीक्षाको परीक्षा आवेदन फारम तथा शैक्षिक सत्र २०७७७८ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिष्ट्रेशन फाराम बुझाउने मिति थप गरेको हो । यसअघि बोर्डले चैत मसान्तसम्म फाराम भर्न समय तोकेको थियो ।

    चैतभित्र फाराम बुझाउन नपाएकाहरूले असार २० गतेसम्म दोब्बर शुल्क तिरेर परीक्षा र रजिष्ट्रेशन फारम बुझाउन सक्नेछन् । परीक्षा आवेदन फारमका लागि १२ सय रुपैयाँ र रजिष्ट्रेशन फारामका लागि ८ सय रुपैयाँ तोकिएको राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology