Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कक्षा १२ को परीक्षा साउन ३१ देखि भौतिक उपस्थितिमै हुने

कक्षा १२ को परीक्षा साउन ३१ देखि भौतिक उपस्थितिमै हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०७८ मंगलवार • १८:४७:०३ बजे
  • 2.5K
    SHARES
  • कक्षा १२ को परीक्षा साउन ३१ देखि भौतिक उपस्थितिमै हुने

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु गर्ने भएको छ। मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको उपनियन्त्रक सुवास पन्तले जानकारी दिए।

    images

    यसअघि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले परिक्षा सञ्चालनबारे सर्तसहित अनुमति दिएको थियो । कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारले उदासीनता देखाएको भन्दै चर्को आलोचना भइरहेका बेला सीसीएमसीले सर्तसहित परीक्षा सञ्चालन गर्न अनुमति दिएको हो।

    गत जेठमा तय गरेको परीक्षा कोभिड १९ का सङ्क्रमण उच्च भएपछि स्थगित भएको थियो । बोर्डले गत वर्ष ४० प्रतिशत मूल्याङ्कनका लागि परीक्षा लिएको थियो ।

  • सम्बन्धित विषय:

  • # कक्षा १२ को परीक्षा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology