पोखरा । करिव दुई वर्षदेखि कोरोना भाइरसको महामारीले रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आज देखि शुरु भएको छ ।
आज स्नातक तह पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार आज बीए, बीएड र बीएससीतर्फका चार वर्षेतीन वर्षे परीक्षा शुरु भएका छन् ।
सोमबारबाट व्यवस्थापन संकायका परीक्षाहरु शुरु हुने उनले जानकारी दिए । महामारीका कारण त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भर्ने व्यवस्था मिलाए पनि परीक्षा भने भौतिक उपस्थितिमै शुरू गरेको हो ।