Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

किन हुन्छ कब्जियत ?

किन हुन्छ कब्जियत ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०७८ बिहिवार • २०:२६:३३ बजे
  • 1.5K
    SHARES
  • किन हुन्छ कब्जियत ?

    खाना खाइसकेपछि मलत्याग पनि सही रुपमा हुनुपर्छ । नियमित दिसा–पिसाब हुनु पनि स्वास्थ्य जीवनको सूचक हो । तर, कतिपयलाई मलत्यागमा समस्या हुने गर्छ । नियमित रुपमा खाना खाइरहेको भएता पनि दिसामा कठिानाई हुन्छ । उनीलाई लामो समयसम्म शौचालय बस्नुपर्ने हुन्छ । यद्यपि पेट सफा हुँदैन ।जब राम्ररी दिसा हुँदैन, तब यसले अनेक रोग पैदा गर्ने भय रहन्छ । खासगरी पेट एवं पाचन सम्बन्धी रोग, मलद्वार सम्बन्धी रोग निम्त्याउँछ । मलत्याग नहुँदा शरीरमा क्रमस विकार जम्मा हुँदै जान्छ र त्यसले शरीरका अन्य अंगहरुमा पनि असर गर्छ ।

    images


    त्यसैले शरीरका लागि पोषणयुक्त खानेकुरा खान जति जरुरी छ, उत्तिनै मलत्याग पनि । तर, अहिले धेरैजना कब्जियतको समस्याले ग्रस्त छन् । किन यस्तो हुन्छ ?चिकित्सकहरुका अनुसार निस्क्रिय जीवनशैली, तारेको–भुटेको वा प्रशोधित खानेकुराको सेवन, अनियमित शौच–क्रिया आदि यसका कारण हुन् ।स्पष्ट छ, कब्जियतबाट बच्न सही खानपान जरुरी हुन्छ । यसैगरी ऐशआरमको जीवन होइन, सक्रिय जीवन जरुरी हुन्छ । पर्याप्त झोल पदार्थ एवं पानी जरुरी हुन्छ । सधै एकै समय अर्थात नियमित रुपमा शौच क्रिया गर्ने बानी बसाल्नुपर्छ ।

    किन हुन्छ कब्जियत ?

    -खाने तालिका नियमित नहुनु ।
    -बासी खानेकुरा सेवन ।
    -शारीरिक रुपमा निश्क्रिय हुनु वा लामो समयसम्म विश्राम लिने बानी ।
    -मानसिक तनाव
    -अति चिल्लोचाप्लो एवं अपाच्य भोजन ।
    -पेटको कमजोरी
    -पानी कम पिउनु ।

    प्रशोधित खानेकुरा त्याग्ने

    हामी घरको ताजा र सुपाच्य खानेकुरा भन्दा बजारमा पाइने खानेकुरामा लोभिएका छौं । फास्टफुड वा प्याकेटबन्द खानेकुरा खान्छौं । मैदाजन्य, तारेको–भुटेको, मसलेदार खानेकुरा खान्छौं । यस्तो खानेकुराले पाचन यन्त्रमा समस्या ल्याउँछ । यस किसिमको खानपानलाई त्याग्नु पनि कब्जियतको जोखिमबाट बच्नु हो ।

    फाइबरयुक्त खानेकुरा

    पेटको सफाइका लागि फाइबरयुक्त खानेकुरा अत्यावश्यक हुन्छ । फाइबरले पेटमा जमेको फोहोरलाई ठूलो आन्द्रा हुँदै बाहिर निकाल्छ ।
    हरियो सागपात, फलफूल, तरकारी आदिमा पर्याप्त फाइबर पाइन्छ ।

    पयाप्त पानी

    पाचन प्रणालीको लागि पानी आवश्यक छ । पर्याप्त मात्रामा पानीको सेवनले पेटमा जम्मा भएको खानालाई शक्तिमा परिणत सघाउ पु¥याउँछ । साथै यसले आन्द्रालाई नरम तथा लचिलो बनाउँछ ।

    शरीरमा पानीको कमी भएमा कब्जियतको समस्या निम्तिने गर्छ । सामान्यतया हाम्रो खाना पेट हुदै ठूलो आन्द्रामा पुग्ने गर्छ ।

    तर शरीरमा पर्याप्त मात्रामा पानी नभएको अवस्थामा ठूलो आन्द्राले पटमा जमेको खानामा भएको सम्पुर्ण पानी सोस्ने गर्छ, जसका कारण दिसा कडा हुने गर्छ ।

    सक्रिय जीवन एवं व्यायाम

    शारीरिक निस्क्रियताले कब्जियतको समस्या पैदा गर्छ । खानमा मीठो मसिनो खोज्ने तर शारीरिक काम वा व्यायाम नगर्ने बानीले कब्जियत जस्तो समस्या निम्त्याउँछ । त्यसैले कब्जियतबाट बच्न शारीरिक रुपमा सक्रिय हुन जरुरी छ । कतिपय व्यायाम एवं योग आसन यस्ता हुन्छ, जसले पाचन क्रियामा राम्रो प्रभाव पार्छ ।
    दुध होइन, दही खाने

    पनिर, दूध र अन्य डेरी उत्पादनमा लेक्टोस हुन्छ जसले पेटमा ग्यास भरिने र पेट बटार्ने समस्या निम्त्याउँछ । त्यसैले यसबाट बच्नुपर्छ । दुधको सट्टामा दहीको सेवन गर्न सकिन्छ । यसमा प्रोटिन पनि हुन्छ र यसले कुनै हानी गर्दैन ।

    म्याग्नेसियम फुड

    आफ्नो डाइटमा म्याग्नेसियमयुक्त खानेकुरा समावेश गर्ने । यो कब्जियतका लागि एकदम प्रभावकारी हुन्छ । यसले आन्द्रादेखि मलद्वारसम्मलाई राम्ररी सफा गर्छ ।

    जंक फुडबाट टाढा

    हामीमध्ये धेरैलाई फ्राइड फुड अति मन पर्छ । तर, यसले कब्जियतको समस्या पैदा गर्छ । आफूलाई कब्जियतभन्दा पर राख्न चाहने व्यक्तिहरुले जंक फुडबाट जोगिनुपर्छ । किनकी यिनीहरुमा फ्याट र सुगरको मात्रा अत्यधिक धेरै हुन्छ ।

    ब्यायाम र योग

    माथिका सबै उपायहरुका बाबजुद कब्जियत निवारणमा सबैभन्दा महत्वपूर्ण छ व्यायाम । स्वस्थ शरीरका लागि एक्सरसाइज अति आवश्यक हुन्छ । योग वा प्राणायामले पनि ठिक गर्न सक्छ ।

    आर्युबेदिक उपचार विधी

    -त्रिफला चुर्ण दुई चम्चा हल्का तातो पानीमा घोले नियमित रुपले राती सुत्नुअघि सेवन गर्नुपर्छ ।

    -मनतातो दुध वा पानीमा हर्रा–बर्रा र अमलाको समान मात्रामा तयार गरिएको चूर्ण राती सुत्नुअघि सेवन गर्नुपर्छ ।

    -कब्जियतको उपचारमा किसमिस एकदमै उपयोगी मानिन्छ । आठ वटा जति किसमिस तातो दुधमा उमालेर नियमित सेवन गर्नुपर्छ ।

    -पेटको रोगमा एकदमै उपयोगी हुन्छ, मेवा ।

    -स्याउ र अंगुरको सेवनबाट पनि कब्जियतको समस्याबाट मुक्त हुन सकिन्छ ।

    -अमलाको चूर्णले कब्जियतको समस्याबाट मुक्ती दिन्छ ।

    -गोलभेडा सेवन गर्दा कब्जियत ठीक हुन्छ ।

    -तामाको भाँडामा राखिएको पानीमा थोरै नुन हाल्ने र विहान खाली पेटमा पिउने गर्नुपर्छ ।

  • सम्बन्धित विषय:

  • # कब्जियत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology