Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कांग्रेसमा १४ औँ महाधिवेशनको लागि क्रियाशील सदस्यताको चटारो

कांग्रेसमा १४ औँ महाधिवेशनको लागि क्रियाशील सदस्यताको चटारो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १९, २०७७ सोमवार • ०९:५६:०० बजे
  • 3.8K
    SHARES
  • कांग्रेसमा १४ औँ महाधिवेशनको लागि क्रियाशील सदस्यताको चटारो
    नेपाली कांग्रेसले आगामी १४ औँ महाधिवेशन प्रारम्भिक तयारीलाई अगाडि बढाउने क्रममा क्रियाशील सदस्यताको चटारो सुरु भएको छ ।
    वडा तहमा क्रियाशील सदस्यता वितरण अभियानलाई अगाडि बढाएसँगै यो चटारो सुरु भएको हो । यस अधिवेशनको क्रममा थप साढे दुई लाख नयाँ क्रियाशील सदस्य बनाउने कांग्रेसको योजना छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले समायोजन सकिएका जिल्लामा पार्टीको क्रियाशील सदस्यताको फाराम वितरण गर्ने कार्य वडा तहमा धमाधम भइरहेको जानकारी दिए ।
    कोरोना भाइरसको उच्च जोखिम रहेका स्थानमा सदस्यता फाराम वितरणमा समस्या भए पनि अन्य स्थानमा क्रियाशील सदस्यता वितरणको कार्य तीव्र गतिमा भइरहेको जानकारी दिँदै उनले भने, ‘जहाँ समस्या छ, त्यहाँ अवस्था सहज भएपछि वितरण हुन्छ ।
    नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुुसार १३औँ महाधिवेशनमा कायम चार लाख ७० हजार र विदेशस्थित जनसम्पर्क समितिबाट २० हजार क्रियाशील सदस्य छन् । त्यसैगरी कांग्रेसमा प्रवेश गरेपछि नेता विजयकुमार गच्छदारको पार्टीका २५ हजारलाई क्रियाशील सदस्यता दिने सहमति पार्टीमा भइसकेको छ ।
    यसरी हाल कायम रहेको क्रियाशील सदस्यको सङ्ख्या करिब पाँच लाख १५ हजार हुन्छ । कांग्रेसले २०७६ फागुन १३ मा जिल्ला सभापतिहरूलाई पठाएको क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी परिपत्रमा १३औँ महाधिवेशनमा कायम कुल क्रियाशील सदस्यको ५० प्रतिशतसम्म थप्न सकिने उल्लेख छ ।
    यसरी ५० प्रतिशत थप्ने हो भने कांग्रेसका नयाँ क्रियाशील सदस्य करिब दुई लाख ५७ हजार थपिने छन् । त्यसैगरी हालै मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका सुनीलबहादुर थापालगायतका नेता तथा कार्यकर्ताको पनि उचित सम्मान हुने जानकारी मुख्यसचिव पौडेलले दिए । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology