Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म्याग्दीमा परीक्षा दिँदै सात दिनकी सुत्केरी चनिषा मगर

म्याग्दीमा परीक्षा दिँदै सात दिनकी सुत्केरी चनिषा मगर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २२, २०७८ शुक्रवार • १२:०८:०१ बजे
  • 853
    SHARES
  • म्याग्दीमा परीक्षा दिँदै सात दिनकी सुत्केरी चनिषा मगर

    म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन् । विद्यालयको शिक्षा शास्त्र विषय समूहमा अध्ययनरत मगरले पाँच ओटा परीक्षा दिइसकेको प्रधानाध्यापक हरिकृष्ण सुवेदीले जानकारी दिए। “हामीले सुत्केरीका लागि छुट्टै स्तन पान कक्षको व्यवस्था गरेका छौँ”, प्रअ सुवेदीले भने । उनका अनुसार सामान्य विद्यार्थी जस्तै एउटै हलमा बसेर सुत्केरी विद्यार्थीले पनि परीक्षा दिएकी छन् । विद्यालयमा कार्यरत स्वास्थ्यकर्मी (स्टाफ नर्स) चन्द्रप्रभा भण्डारीले आमा र बच्चाको अवस्था भने सामान्य रहेको जानकारी दिइन् । गत जेठमै सम्पन्न हुनुपर्ने कक्षा ११ र १२ को परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले स्वास्थ्यका न्युनतम मापदण्ड अपनाई परीक्षा सञ्चालन गर्न निर्देशन दिएपछि प्रकाश माविले गत आइतबारदेखि परीक्षा सुरु गरेको हो । परीक्षामा विद्यार्थीहरुको उत्साहजनक उपस्थिति देखिएको छ । महामारीका कारण वैशाखदेखि अनलाइन कक्षाको भरमा पढेका विद्यार्थीहरु परीक्षामा सहभागी भएका हुन् । कक्षा ११/१२ तर्फका संयोजक कविराम थापाले कक्षा ११ का कुल २४५ विद्यार्थीमध्ये २३७ जना परीक्षामा सहभागी भएको जानकारी दिए ।

    images

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology