Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लामो समयदेखी बन्द रहेका रुकुम पश्चिमका स्कुलहरु अन्तत भाद्र १५ देखि खुल्ने

लामो समयदेखी बन्द रहेका रुकुम पश्चिमका स्कुलहरु अन्तत भाद्र १५ देखि खुल्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १०, २०७८ बिहिवार • १०:५०:२८ बजे
  • 1.6K
    SHARES
  • लामो समयदेखी बन्द रहेका रुकुम पश्चिमका स्कुलहरु अन्तत भाद्र १५ देखि खुल्ने

    रुकुम । कोरोना महामारीका कारण लामो समयदेखी बन्द रहेका रुकुम पश्चिमका स्कुलहरु अन्तत भाद्र १५ देखि खुल्ने भएका छ्न् ।

    images

    सदरमुकाम मुसिकोटमा पालिका स्तरीय प्रमुखहरु र सरोकारवाला निकायसङगको छलफल पश्चात् स्कुलहरु खुल्ने सहमति भएको हो ।

    बिद्यार्थिहरुको पठनपाठन ठप्प भएको र शैक्षिक क्षेत्र खस्किन लागेको भन्दै खुल्ने निर्णय भएको हो ।

    यसैबीच बुधबार मात्र आठबिसकोट नगरपालिका शिक्षा शाखाले राखेको प्रधानाध्यापकहरुको बैठकले पनि भौतिकरुपमै उपस्थिति भएर पठनपाठन गर्ने निर्णय गरेको छ ।

    अरु सबै क्षेत्र निर्वाध खुलेको र स्कुल मात्र बन्द गर्दा विद्यार्थिहरुको भबिस्य अन्यौलग्रस्त हुदा छिट्टै स्कुल संचालन गर्नु परेको आठबिसकोट नगरपालिकाका बिद्यालय निरिक्षक ईन्द्र बहादुर बिष्टले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘स्कुलहरु बन्द हुदा बिद्यार्थिहरुको पढ्ने बानी हराएको छ, सिफ्ट प्रणाली बाट, स्वास्थ्य मापदण्ड कडाईका साथ अपनाएर पठनपाठन हुनेछ, समस्या देखिए पुन स्मार्ट लकडाउन गरिने छ । त्यस्तै रुकुम पुर्वको सिस्ने गाउपालिकाले पनि भाद्र १३ देखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ । गतवर्ष कार्तिक १६ देखि संचालन भएका स्कुलहरु यो वर्ष भने २ महिनाअघि नै संचालन गर्न लागिएको हो ।’

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology