Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको अर्जेन्टिनाको दावी

स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको अर्जेन्टिनाको दावी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७८ शनिवार • १५:५२:२७ बजे
  • 1.2K
    SHARES
  • स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको अर्जेन्टिनाको दावी

    अर्जेन्टिनी औषधी कम्पनी रिचमण्डले कोभिड–१९ विरुद्धको रुसद्वारा विकसित स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको बताएको छ ।

    images

    खोपको उत्पादन उत्पादन मिति शुक्रबार राखिएको छ । कम्पनीले शुक्रबारको अन्ततिर आफ्नो ट्विटर पृष्ठमा लेखेको छ, “अर्जेन्टिनामा ५० लाखभन्दा बढी मात्रा कोभिड–१९ विरूद्धको रुसमा विकसित स्पुतनिक खोप उत्पादन गरेका छौं । हामीले पहिलो चरणमा ११ लाख ७९ हजार ६२५ र दोस्रो चरणमा ३८ लाख ९० हजार मात्रा खोप उत्पादन गरेका छौं ।” अर्जेन्टिना स्पुटनिक–भी खोपको प्रयोगलाई अनुमोदन गर्ने र उत्पादनलाई स्थानीयकरण गर्ने पहिलो ल्याटिन अमेरिकी देश बनेको छ ।

    अर्जेन्टिनाले गत अप्रिलमा मासिक ४० देखि ५० लाख खोप उत्पादन गर्ने योजना सार्वजनिक गरेको थियो । ल्याटिन अमेरिकी यस मुलुकले कोभिड–१९ विरूद्धको उक्त खोपको वार्षिक उत्पादनलाई ५ करोड मात्रामा वृद्धि गर्ने बताएको छ । करिब ४ अर्ब जनसंख्या रहेको विश्वको ७० देशमा स्पुतनिक–भी खोपलाई प्रयोगका लागि स्वीकृति प्रदान गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # स्पुटनिक–भी खोप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology