Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कब्जियतबाट बच्ने विज्ञका ६ टिप्स

कब्जियतबाट बच्ने विज्ञका ६ टिप्स

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २४, २०७८ बिहिवार • १२:१३:३१ बजे
  • 829
    SHARES
  • कब्जियतबाट बच्ने विज्ञका ६ टिप्स

    एजेन्सी/" कब्जियत अहिले प्राय सबै मानिसको साझा स्वास्थ्य समस्या हो। कब्जियतले पेटमा केही गडबढी भएको संकेत गर्छ।"

    images

    सबै उमेर समूहका मानिसमा देखिने यस समस्याबाट विशेषगरी बृद्धबद्धा पीडित छन्।

    कब्जियतबाट बच्ने विज्ञका केही टिप्स यस प्रकार छन्ः"

    १ -:प्रशस्त पानी पिउने पानी कब्जियतको सबैभन्दा महत्वपूर्ण औषधी हो।प्रशस्त पानी र तरल पर्दाथयुक्त खाना खाँदा कब्जियतबाट बच्न सकिन्छ।तर, पानीको नाममा सोडा पानी वा अन्य पेय पर्दाथ पिउनु कब्जियतको समाधान होइन।

    २-: फाइबरयुक्त खाना जौ, गहुँ, रोटीजस्ता फाइबरयुक्त खानेकुरा पोषिलो मात्र होइन यसले कब्जियतबाट पनि जोगाउँछ।

    ३ -:फलफुल तथा सागसब्जी ताजा फलफुल तथा सागसब्जीमा प्रशस्त फाइबर र तरल पर्दाथ हुने भएकोले हाम्रो समग्र पाचन पक्रियालाइ फाइदा गर्छ। प्रशस्त हरियो सागसब्जी र ताजा फलफुल खाँदा कब्जियत नै हुदैन।

    ४-: गेडागुडी भिटामिन र प्रोटिनयुक्त गेडागुडी नियमित सेवन गर्दा स्वभाविक रुपमा कब्जियत देखिदैन।

    ५ -:उखुको जुस र मह उखुको जुस, खुदो र मह कब्जियत मुक्त गर्ने खानेकुरा हुन्। उखुको रसमा आवश्यकताअनुसार मह मिसाएर खाँदा यसले राम्रो औषधीको काम गर्छ।

    ६-: व्यायायम उठबसलगायतका शारीरिक व्यायायमले पनि कब्जियत समस्या अन्त्य गर्ने विज्ञहरु बताउँछन्।

  • सम्बन्धित विषय:

  • # कब्जियत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology