Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भ्याक्सिन

कोरोना भ्याक्सिन उत्पादनका लागि स्वीकृति,चीनको अर्को सफलता

कोरोना भ्याक्सिन उत्पादनका लागि स्वीकृति,चीनको अर्को सफलता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७७ शुक्रवार • ०८:१९:३१ बजे
  • 1.8K
    SHARES
  • कोरोना भ्याक्सिन उत्पादनका लागि स्वीकृति,चीनको अर्को सफलता
    एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग जुध्नेक्रममा चीनले अर्को नयाँ सफलता हात पारेको छ । चाइना नेसनल बायोटेक ग्रुप (सिएनबिजी) ले बेइजिङ इन्टिच्युट अफ बायोलोजिकल प्रडक्टसको सम्बन्धनमा विश्वमै पहिलो तथा ठूलो कोभिड १९ भ्याक्सिन उत्पादन कार्यशाला सञ्चालन गरेको र यसले राष्ट्रिय परीक्षा पास गरेको घोषणा गरेको छ ।
     
    चीनको सरकारद्वार सञ्चालित चाइना नेसनल फार्मास्युटिकल ग्रुपको सम्बन्धनप्राप्त सिएनबिजीले मिडियालाई पठाएको एक विज्ञप्तीमा उनीहरुको कार्यशालाले उत्पादन प्रमाणपत्र पाएको र अब प्रयोगका लागि बजारमा उपलब्ध रहेको बताएको छ । उनीहरुले उक्त कार्यका लागि २ महिनाको मात्रै समय लगाएको विज्ञप्तीमा उल्लेख छ ।
    गत जुलाईमा सरकारी विभागले उक्त कार्यशालाको बायोसेक्युरिटी परीक्षा लिएको थियो । जसमार्फत उनीहरुले राष्ट्रिय मापदण्ड पुरा गरेको तथा ठूलो मात्रामा कोभिड १९ भ्याक्सिन उत्पादनका लागि स्वीकृति पाएका थिए ।
    बेइजिङमा भएको उक्त कार्यशाला र सिएनबिजी अन्तर्गतकै वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्टसले उत्पादन कार्य सुरु गरेपछि सिएनबिजीले वार्षिक २ सय २० मिलियन डोज भ्याक्सिन उत्पादन गर्नसक्ने बताइएको छ ।
    स्वास्थ्य कर्मचारी र विमानस्थल तथा बोर्डर चेकप्वाइन्टमा काम गर्ने कर्मचारीका लागि २ सय २० मिलियन डोज पर्याप्त हुने र बढीसमेत हुने साङ्घाईका भ्याक्सिन अनुसन्धाता ताओ लिनाले बताए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology