Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कक्षा १२ को बार्षिक परीक्षा आजबाट सुरु हुँदै

कक्षा १२ को बार्षिक परीक्षा आजबाट सुरु हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०७८ बुधवार • ०९:५७:५२ बजे
  • 847
    SHARES
  • कक्षा १२ को बार्षिक परीक्षा आजबाट सुरु हुँदै

    कक्षा १२ को बार्षिक परीक्षा आजबाट सुरु हुँदैछ । कोरोना भाइरस संक्रमण फैलिएसँगै रोकिएको परीक्षा आजबाट सुरु हुन लागेको हो ।

    images

    परीक्षा असोज ८ गतेसम्म चल्ने परीक्षा नियन्त्रण कार्यालयले बताएको छ । परीक्षाका लागि आवश्यक तयारी पूरा भइसकेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

    सबै विद्यार्थीहरुलाई कोरोनाबिद्धको खोप दिइसकिएकाले अब परीक्षाका लागि अनुकुल वातावरण बनेको विज्ञहरुले पनि बताएका छन् । यसअघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय बोर्डले गरेको थियो ।

    तर कोरोना महामारी बढेसँगै परीक्षा रोकिएको थियो । आजबाट सुरु हुने कक्षा १२ को यो परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुने हुँदैछन् ।

    विद्यार्थीहरुलाई आफुले नै अध्यायन गरेको विद्यालयमा परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

    शैक्षिक सत्र खेर नजाओस् भन्ने उदेश्यका साथ "परीक्षा"को नतिजा आगामी मंसिरसम्ममै प्रकाशन गरिसक्ने परीक्षा नियन्त्रण कार्यालयले बताएको छ ।

  • सम्बन्धित विषय:

  • # बार्षिक परीक्षा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology