Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

काेराेना सङ्क्रमणको जोखिममा विद्यार्थी

काेराेना सङ्क्रमणको जोखिममा विद्यार्थी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ४, २०७८ सोमवार • ०९:५६:३८ बजे
  • 991
    SHARES
  • काेराेना सङ्क्रमणको जोखिममा विद्यार्थी

    कोरोना भाइरसको महामारीबीच सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि विद्यालयमा जान विद्यार्थी भने त्रसित छन् ।

    images

    यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउने र त्यसले बालबालिकालाई बढी प्रभावित गर्ने आकलन गरिसकेको छ ।

    तेस्रो लहर आउने र त्यसमा बालबालिकालाई असर गर्ने भएकाले हरेक अस्पतालमा २० प्रतिशत श-या छुट्याउन मन्त्रालयले निर्देशन दिइसकेको छ ।

    लामो समयसम्म घरमै बसी अनलाइन कक्षा लिइरहेका विद्यार्थीलाई विद्यालय जाँदा रमाइलो महसुस त भएको छ तर कोरोना यथावत् रहेकाले त्रसित वातावरणमा विद्यालय जानुपर्ने बाध्यता उत्पन्न भएको छ ।

    कतिपय विद्यालयले कक्षा १२ को परीक्षा सकेपछि विद्यालय सञ्चालन गर्ने बताइरहेका छन् भने कतिपयले सञ्चालन गरिसकेका छन् । ठिमीस्थित एक निजी विद्यालय नियमित सञ्चालन हुन थालिसक्यो ।

    हरिबहादुर मगर आफ्ना पाँच वर्षको बालकलाई विद्यालय पठाउन थालिसक्नुभएको छ । विद्यालयबाट फोन आएपछि नियमित विद्यालय पठाइहाल्नुप-यो, मगरले भन्नुभयो, “कोरोनाको सङ्ख्या दैनिक दुई÷तीन हजार थपिरहेकोले सङ्क्रमण सर्छ कि भन्ने ठूलो डर छ ।” सानो बच्चा छ, यदि कोरोना सरिहाल्यो भने के गर्ने भन्ने चिन्ताले उहाँलाई सताउने गरेको छ ।

    उहाँको दूध डेरी र मासु पसल छ, पसलमा दैनिक ५० जना मानिस आउने गर्छन् । खोप नलगाएका कारण उहाँलाई ठूलो त्रास छ । सरकारले ४० वर्ष उमेरभन्दा माथिकालाई कोरोनाविरुद्धको खोप लगाए पनि उहाँले हालसम्म खोप लगाउन पाउनुभएकोछैन । "यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ" ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology