Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लोकसेवा आयोगका विभिन्न चरणका परीक्षा पूरा गरेका ३० हजार परीक्षार्थी तनावमा

लोकसेवा आयोगका विभिन्न चरणका परीक्षा पूरा गरेका ३० हजार परीक्षार्थी तनावमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ५, २०७८ मंगलवार • ०९:५६:२१ बजे
  • 862
    SHARES
  • लोकसेवा आयोगका विभिन्न चरणका परीक्षा पूरा गरेका ३० हजार परीक्षार्थी तनावमा

    सर्वोच्चको अन्तरिम आदेशका कारण विभिन्न पदमा लोकसेवा आयोगका विभिन्न चरणका परीक्षा पूरा गरेका करिब ३० हजार परीक्षार्थी तनावमा परेका छन् ।

    images

    २०७६ चैतयता आयोगले खुलाएका विज्ञापनमा विभिन्न चरणमा परीक्षा दिएका विद्यार्थीको परीक्षाको परिणाम स्थगित गरिएको छ । यसबाट परिणाम पर्खेर बसेका परीक्षार्थी अन्योलमा परेका हुन् ।

    गत भदौ १५ गतेसम्म आयोगले खुलाएका सबै चरणका परीक्षा पूरा गरेर अन्तिम नतिजा पर्खेका प्रशासन समूहका शाखा अधिकृत समूहका छ सय ३१ परीक्षार्थीले सोमबारदेखि तीन दिनसम्म काठमाडौंको लोकसेवा आयोगको केन्द्रीय कार्यालयअगाडि र माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन् ।

    धर्नाबाट पनि परिणाम आएन भने अनशनमा बस्ने सम्भावना रहेको परीक्षार्थी सुदीप सापकोटाले बताए ।

    आयोगका प्रवक्ता तोयानारायण सुवेदीले भने सर्वोच्चको अन्तरिम आदेशका कारण विभिन्न चरणका परीक्षाका परिणाम स्थगन गर्नुपरेको बताए ।

    उनका अनुसार शाखा अधिृकत, नायब सुब्बा, उपसचिव, इञ्जिनियर, विद्यालय निरीक्षकलगायतका विभिन्न पदमा एक हजारभन्दा बढी दरबन्दीमा परीक्षाको नतिजा रोकिएको छ । "यो खबर आजको नागरिक दैनिकमा छापिएको छ" ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology