Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बारम्बार शरीरको अंग दुखिरहँदा गम्भीर स्थिती पनि आउन सक्छ

बारम्बार शरीरको अंग दुखिरहँदा गम्भीर स्थिती पनि आउन सक्छ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ५, २०७८ मंगलवार • १८:४८:०८ बजे
  • 1.2K
    SHARES
  • बारम्बार शरीरको अंग दुखिरहँदा गम्भीर स्थिती पनि आउन सक्छ

    शरीरको कुनै पनि अंगमा हुने दुखाइलाई बेवास्ता गर्न सकिदैन । हात गोडा दुख्दा बाम लगाउने, टाउको दुख्दा दुखाई कम गर्ने औषधि खाने, पेट दुख्दा एसिड कम गर्ने औषधि खाने गरिन्छ ।

    images

    शरीरको कुनै पनि अंग दुख्दा त्यसलाई औषधि खाएर दबाउने कोसिस गर्नुहुँदैन । यसरी दुखाइलाई दबाउनुले शरीर विभिन्न प्रकारका समस्याहरु उत्पन्न हुँदै जान सक्छन् ।

    प्रायः मानिसहरुले कुनै न कुनै प्रकारको दुखाइको अनुभव गरिरहेका हुन्छन् । कहिलेकाँही यस्तो दुखाई केही समयको लागि मात्र हुन्छ र औषधिको सेवनपछि निको पनि हुन्छ । तर, कुनै कुनै अंगमा हुने दुखाई बारम्बार बल्झिरहन्छ । दुखाई लामो समयसम्म रहिरहन्छ ।

    यस्तो प्रकारको दुखाइलाई बेवास्ता गर्नुहुँदैन । लामो समयसम्म दुख्नु र बारम्बार दुखाई बल्झिनुको पछाडि विभिन्न कारणहरु हुनसक्छन् ।

    यस्तो दुखाइलाई दुई भागमा बाँड्न सकिन्छ । पहिलो एक्युट र अर्को क्रोनिक । एक्युट दुखाई अन्तरगत चोटको कारण हुने दुखाई हो ।

    यस्तो दुखाई अत्यधिक पीडा हुने खालको हुन्छ । यो दुखाई केही समयको उपचारपछि निको हुन्छ । अर्को दुखाइलाई क्रोनिक दुखाई भनिन्छ । यो दुखाई विस्तारै सुरु भएर तीव्र गतिमा फैलिन्छ । र लामो समयसम्म पीडा महसुस भइरहन्छ ।

    यो दुखाइले कुनै गम्भीर प्रकृतिको रोगको संकेत गर्छ । जसको उपचार आवश्यक छ । यसले शरीरमा हुने गडबडीको पनि पूर्व संकेत गरेको हुनसक्छ ।

    कहिलेकाँही यस्तो दुखाइले शारीरिक र मानसिक लक्षण पनि बढाउँछ । यस्तो अवस्थामा नजिया हुने, घबराहट हुने, बान्ता हुने, चक्कर लाग्ने, कमजोरी र चिडचिडाहट, निराशा, डिप्रेसन, मुड स्विङ जस्ता लक्षणहरु देखिन्छन् । दुखाई लामो समयसम्म रहँदा बेचैनी बढ्छ ।

    त्यसैले जबसम्म दुखाइको भित्रि कारणसम्म पुगेर उपचार हुँदैन । तबसम्म दुखाई बढिरहन्छ । जसले शरीर र मस्तिष्कमा समस्या बढाउँछ ।

    सामान्यतयाः मानिसमा कम्मर वा ढाडको दुखाई, टाउको दुख्ने, दाँत दुख्ने, गर्धन दुख्ने, हात गोडा दुख्ने, जोर्नीहरू दुख्ने, पेट दुख्ने, औँलाहरु, पाखुरा आदि दुख्ने गर्छ ।

    यस्तो दुखाइको कारण कुनै पनि प्रकारको सर्जरी, हड्डीमा भएको लिगामेन्ट्स टुट्ने, मांसपेशीहरूमा क्षति हुने, ट्युमर बढ्नु, गहिरो घाउ हुनु, क्यान्सरको दुखाई, ट्राइजेमिनल न्यूरालजिया, नसामा क्षति हुनु आदि हुन सक्छ । बारम्बार दुखिरहँदा गम्भीर स्थिती पनि आउन सक्छ ।

    यसका कारण शरीरको कुनै अंग सधैको लागि काम नलाग्ने बन्न सक्छ । यस्तो दुखाइलाई बेवास्ता गर्दा अपांगता पनि हुन सक्छ । त्यसैले यस्तो दुखाइको समयमा नै उपचार गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

    यस्तो दुखाइबाट राहत पाउनका लागि चिसो वा तातो चिजले सेक्ने, फिजियोथेरापी गर्ने आदि गर्न सकिन्छ । त्यसका लागि चिकित्सकसँग आवश्यक सल्लाह लिन आवश्यक छ ।

  • सम्बन्धित विषय:

  • # अंग दुखिरहँदा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology